भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चीनमा भन्दा बढी

१६ जेठ, काठमाडौं ।

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट चीनमा भन्दा धेरै मानिसको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट चार हजार ७ सय ६ जनाको मृत्यु भएको छ । चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चार हजार ६३८ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि एक लाख ६५ हजार ७९९ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका सात हजार ४६६ नयाँ संक्रमित फेला परेका छन् । एकैदिन भेटिएका नयाँ संक्रमितको यो संख्या भारतको लागि अहिलेसम्मकै उच्च हो । online khabar