कपिलवस्तुमा थप चारजनाले जिते कोरोना, निको हुनेको संख्या १५ पुग्यो

जेठ १६, २०७७ कपिलवस्तु :

कपिलवस्तुमा कोरोना संक्रमणबाट १५ जना मुक्त भएका छन्।  जिल्ला स्वास्थ कार्यालय कपिलवस्तुका अनुसार शुक्रबार चारजना कोरोना संक्रमण मुक्त भएका छन्। संक्रमण मुक्त हुनेमा कृष्णनगर नगरपालिकाका तीन र शिवराज नगरपालिकाका एकजना रहेका छन्।

उनीहरुको  कोरोना विषेश अस्पताल दाङमा उपचार भएको थियो।  यससँगै कपिलवस्तुमा निको हुनेको संख्या १५ पुगेको छ।

यसअघि कोरोना विषेश अस्पताल धागो कारखानावाट १० जना र तौलिहवा जिल्ला अस्पतालबाट एक जना स्वास्थ्यकर्मी निको भई घर फर्किएका थिए। कपिलवस्तुमा कोरोना संक्रमण हुनेको संख्या १३६ पुगेको छ। जिल्लाका सबै स्थानीय तहमा कोरोनाको संक्रमण पुष्टि भएको छ।thha khabar