कोरोना संक्रमित युवालाई बेनी अस्पतालको आइसोलेशन वार्डमा ल्याउने तयारी

विकल्प न्यूज/बेनी
जेठ १५ गते ।  विहिवार कोरोना संक्रमित पुष्टी भएका म्याग्दीका एक युवालाई बेनी अस्पतालको आइसोलेशन वार्डमा ल्याउने तयारी गरिएको छ । मालिका गाउँपालिकाका ३० वर्षीय युवामा कोराना भाइरस पुष्टी भएको हो । यसै हप्ता भारतबाट आएका १४ जनालाई वेष्टप्वाइन्टमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो ।

बुधवार उनीहरुको स्वाव संकलन गरि परिक्षणका लागि पोखरा पठाइएको थियो । संक्रमित युवालाई अस्पतालको आइसोलेशन वार्डमा ल्याउनका लागि तयारी गरिएको अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो ।

उनलाई आजै राती आइसोलेशन वार्डमा राखेर उपचार गरिने छ । युवाको स्वास्थ्य अवस्था भने सामान्य भएको अस्पतालले जनाएको छ ।

खुल्ला मन्च स्थित शैक्षिक तालिम केन्द्र काे भवन प्रयाेग गरेर २० बेड क्षमताकाे अाईसाेलेशन वार्ड बनाईएकाे छ ।