म्याग्दीमा एकजनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी

जेठ १५ गते । म्याग्दीमा  एकजनामाा  कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

भारतबाट याे हप्ता अाएका उनी बेनिकाे वेष्ट प्वाइन्ट मा बनाईएकाे  क्वारेन्टाइनमा बसेका  थिए । काेराेना पुष्टि भएका ३० वर्षिय  युवा मालिकागाउपालिकाका  हुन ।

एकजनामा कोरोना संक्रमण देखिएको बेनि अस्पताल विकास  समितिका अध्यक्ष बेल बहादुर कटुवालले जानकारि दिनुभयाे । बुधवार १४ जनाकाे स्वाव संकलन गरि पठाईएकाेमा एकजनामा काेराेना पुष्टि भएकाे हाे ।

‘कोरोना पुष्टि भएपछि  बेनि अस्पतालकाे अाईसाेलेशनमा राख्ने तयारि गरिएकाे छ । अस्पतालले सबै तयारि गरेकाे कटुवालले बताउनुभयाे ।

बुधवार १४ जनाकाे स्वाव संकलन गण्डकी प्रदेशले स्थापना गरेकाे प्रयाेगशालामा परिक्षणका लागि पठाईएकाे थियाेे ।

विहिवार थप २९ जनाकाे स्वाव संकलन गरि पठाईएकाे छ ।  रिपोर्ट शुक्रबार अाउने छ । भारतबाट अाएका ९० जनालाई बेनिकाे क्वारेन्टाइनमा राखिएको छ ।