विवाह गर्दा जात मिल्नु पर्ने हो कि मन मिल्नु पर्ने ?

शान्ति बस्नेत \ बिकल्प न्यूज

 जेठ १३ 

मानिसहरु समाजमा बसोवास गर्ने सामाजिक र सर्वश्रेष्ठ प्राणी हुन भनेर वर्षौ देखि हामी भनी रहेका छौं ।तर आजका दिनमा आए र यो सबै हामी लामो समयदेखि भ्रममा बाची रहेका रहेछौं जस्तो भान हुन थालेको छ ।

नेपाल बहु-जाति भाषा,धर्म,संस्कृतिको धनी देश भनी रहदा पनि लाज हुने दिन आएको छ  । सबै कुरा छ तर एकले अर्कालाई सोच्ने तरिका फरक भएको छ  ।

जबसम्म हामी एकअर्कालाई सम्मानपूर्वक व्यवहार गर्दैनौ नि तबसम्म यस्ता अधिकारका कुराहरु  जति नै भाषणमा छाटे पनि केहि हुन्न । संविधानमा लेखेर मात्रै नि केहि हुनेवाला छैन रहेछ भन्ने आजका दिनमा तथ्य सत्य सावित भएको छ जुन कुरा हो अन्तरजातिय विहे गर्नाका लागि नै वेहुलि लिन जादा आज जाजरकोटका युवा नवराज विकले आफ्नो ज्यानै गुमाउनु परेको छ  ।

यस्ता अमानवीय कु-कर्मले गर्दा हरेक वर्ष दलित भएको कारण नै ज्यान गुमाइ रहेका तथ्य सत्य हामीसंग प्रशस्त छन।यस्तै गैरदलित युवतीसंगको प्रेम सम्वसन्धकै कारण २०६८ सालको भदौ महिनामा पनि दैलेखका सेते दमाई पनि मारिएका थिए ।  त्यही २०६८ सालको नै माघमा पनि सप्तरीको पन्सेरा ३ का शिवशंकर दासको पनि अन्तरजातिय प्रेम विवाहको नै कारण मृत्यु भएको थियो ।

त्यस्तै गरी तनहुँकी संगीता परियारले पनि गैर दलितसंग नै प्रेम विवाहकै कारण आफ्नो ज्यान गुमाएकी थिइन साथै झापामा पनि यस्तै अन्तर्जातिय विवाहले नै आफ्नो प्रेम सफल नहुने भए पछि अस्मिता सार्की र ईश्वर भट्टराईले पनि  २०७३ साल माघ ७ गते एउटै पासो बनाएर मर्न बाध्य भएका थिए ।    यस्ता त कति घटना घटीसके नि प्रेम जस्तो अमूल्य चीजलाई समाजको कु-दृष्ट्रिले हरेक वर्ष अकालमा मृत्यु हुनु परेको छ ।

आज संसार भरी कोरोना भाईरसले ज्यानको जोखिम भई रहदा पनि एउटा युवक आफ्नो प्रेम प्राप्तिका निम्ति जातीय कारणले नै आफूलाई समाजका ठूला जात भनेर सोच्ने संसारकै सबैभन्दा मानव रुपी दानवहरुको हातबाट ज्यानको वाजी हार्नु पर्ने यो कस्तो संस्कार र कस्तो समाजमा हामी बाची रहेका छौं ?

यस्तो सोच भएका समाज भनेको नरसंहारको रुप पनि हो ।जहाँ मानिस मानिस बीच समानता हुन्न त्यहाँ शान्तिको आभाष हुदैन त्यसैको उपज हो आज अन्तरजातिय विवाह गर्न खोज्दा चितामा पुग्नु परेको बाध्यात्मक परिस्थिति ।

यस्ता घटनाहरु सम्झदा देख्दा त बैराग लागेर आउछ के परिवर्तनका नाम के परिवर्त भएछ र खै एउटा सोच परिवर्तन गराउन नसक्नेहरुले के देश परिवर्तन गराउलान त ? के का लागि थियो पञ्चायत फाल्ने देखि लिएर आज २१ औं शताव्दीसम्म आई पुग्दा हामी आफैले भन्ने गर्छौ नि हैन त लोकतन्त, प्रजातन्त्र सार्वभौम स्वाधिनता स्वतन्त्रता के यही हो ।

आज श्रम चल्ने सीप चल्ने विवाह नचल्ने परिवर्तन ? जनयुद्धको समयमा यस्तै विभेदित कुराहरुलाई नारा बनाएर आज त्यो पदमा पुग्ने हैसियत बनाएका छौं तर आजका दिनमा एउटा संविधानमा अधिकार छ  भनेर आफ्नो कर्तव्य पुरा भएको महशुस गर्ने ज्ञाताज्यूहरु त्यो हजुरहरुको भ्रम हो लेखेर मात्रै केहि हुदैन एउटालाई राम्रो संग घटनालाई कानूनको मूल ढोकाबाट सजाय दिन सक्नु पर्छ  । यस्तै कानून कार्यान्वयनमा कन्जुस्याइँले नै गर्दा आज यस्ता घटनाहरु दोहोरी रहेका छन् ।

जता सुकै राजनीतिकको आडमा पनि यस्ता घटनाहरु घटी रहेकाछन हरेक घटनासंग राजनीतिक सम्वन्ध देखाएर घटनाका दोषीहरुलाई उन्मूक्त दिइरहेका हुन्छौं ।

समाज परिवर्तनका नाममा कैयौं नेपाली जनताले वलिदान दिनु भयो तर आज त्यस्तो उपज भनेको शासक फेरिए तर शासन फेरिएको छैन यो त सर्वसाधरण भएर बाँच्ने जो सुकैलाई लागि रहेको छ ।

तीतो सत्य हो सत्तामा शक्ति छ तर जनताहरु त्यही शक्तिमा पिल्सि रहेका छन याद गर्नुहोला नत्र के प्रेम गर्दा, विवाह गर्दा जात मिल्नु पर्ने हो कि मन मिल्नु पर्ने हो ?  प्रश्न सम्पूर्ण सामाजिक प्रणीहरुलाई ? छुवाछुत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८ ले प्रत्येक व्यक्तिको अधिकार र मानवीय मर्यादा सम्मान हुने सिद्धान्तलाई आत्मासात गरेको छ ।

मुलुकी ऐन, २०२० ले नै जातकै आधारमा गरिने विभेदलाई निषेध गरेको छ । तर अधिकारका कुराहरु कागजमा मात्रै सींमित रहेका छन ।

आजका दिनमा यस्ता अन्तरजातिय कुरा ले मात्रै हैन दलित भनेर धेरै नै कुराहरुमा पक्षपात गरेको पाइन्छ ।

दलितले बनाएका श्रम  सीपले संसारका ठूला-ठूला संसार भर नै सजिएका छन तर आज त्यही एउटा सानो मनमा किन दलित सजिन सकेन त ? सबैको रगत रातो नै छ के छ र र खै जातमा आज यही कारण हाम्रो देश धेरै नै पछाडी परेको छ जवसम्म जात, धर्म, पेशा, महिला,पुरुष  जस्ता आफ्नो चिनारी लाई नै असमानताको खाल्डो बनाएर कहिल्यै पुर्न नसक्नु नै समाज परिवर्तनको बाधक पक्ष हो ।

आज नवराज विकको त ज्यान गयो तर उनकी प्रेमिकाको अवस्था कस्तो छ यो पनि हामीले सोच्नु पर्छ समाजमा समान हौं भन्ने शक्तिहरुले नै अन्धविश्वासको जरो गाडि रहेका हुन्छन हामी समाजका मानवहरुले किन चियो चर्चो गर्नु पर्यो आज पनि त्यी समाजमा बस्नेहरुले नै कुरा काट्ने त्यो घरको सदस्यलाई अनेकौं कुराहरुले दवाएर राख्ने त्यति मात्रै हैन त्यो दलित परिवाससंग विवाह गर्ने परिवारका सदस्यलाई सकरात्मक सोचले समाजका कुख्यात पात्रहरुले दवाएर राख्ने कारणले  समाजमा यस्तो घटना घटेको हुन्छ ।

त्यस कारण समाज सुध्रिनु पर्ने छ यस्तो घटना घटाउनेहरुलाई घटनाको उचित छानविन गरी दोषिमाथि कडाभन्दा कडा कारवाही होस ।

समानता नारामा हैन व्यवहारमा हुन जरुरी छ ।नवराज यो जुनिमा तिमीले आफ्नो प्रेममा आफ्नो ज्यान त्याग्नु पर्यो तर अब हामी तिम्रो प्रेम प्राप्तिका निम्ति हरेक प्रहर यो समाजसंग लडेर अर्को जुनीमा तिम्री प्रियसीसंगै बनाउने बाँचा गर्दछु ।