ताजा समाचार:
Search

लायन्सको साथले जसको मुहारमा खुसी छायो अनि फेरी सारङ्गीको धुन (भिडियो)

विकल्प न्यूज -बेनी
जेठ १३ गते ।

बजारका चोकचोकमा सारङ्गी बजाउँदै ज्यान पाल्दै आउनुभएका एक वृद्धा गन्र्धवले लायन्स क्लब अफ बेनी पिस सिटीको साथ र सहयोग पाएपछि मुहारमा खुसी छायो अनि सारङ्गीको धुन फेरीयो ।

बेनीका सडकहरुमा वेवारिसे अवस्थामा हिडडुल गर्ने व्यक्तिहरुलाई लायन्स क्लबले मंगलबार उनीहरु सरसफाई गरी नयाँ कपडा फेर्नुका साथै खानपान र बसोबासको व्यवस्था गरेपछि उनीहरुमा खुसी छाएको हो ।

खुल्ला मञ्चमा बसोबास गर्नुहुने लाले गन्र्धवले चिनीने उहाँको मुहारमा मंगलबार खुसी छायो । लायन्स क्लबका पदाधिकारीहरुले खुल्ला मञ्चमा बसोबास गर्नुहुने पाँचजनालाई नुहाउने,नयाँ कपडा लगाइदिनु साथै नयाँ बेडविस्तारको व्यवस्था ग¥यो ।

लकडाउनका कारण मागेर खान पनि बन्द भएपछि भोकभोकै बसेका उनीरुलाई लकडाउन अबधिभर लायन्सले खानपानको व्यवस्था गर्ने पिस सिटीका निवर्तमान अध्यक्ष नरेश श्रेष्ठले बताउनुभयो ।  बर्षौ देखि नुहान नपाएका उनीहरु नुहाएर नयाँ कपडा लगाउन पाएपछि खुसीले फुरुङ भएका थिए ।\