ताजा समाचार:
Search

हेर्दा नै आनन्द लाग्ने कुश्माको बन्जीजम्प (तस्विर/भिडियो सहित)

विकल्प न्यूज/पर्वत
जेठ १० गते ।         विश्वको दोस्रो र दक्षिण एसियाकै सबैभन्दा अग्लो दाबी गरिएको पर्वतको कुश्मा स्थित कालिगण्डकी नदी माथि बनाइएको बन्जी जम्प निकै आकर्षक छ । बन्जीजम्पको दुइ महिना अघि निर्माण सम्पन्न गरिएको हो ।
कुश्माको चाक्लेडिल देखि बागलुङको बलेवाको डिल सम्म कालिगण्डकी नदी माथि पाँचसय ३५ मिटर लामो पुल निर्माण गरी बन्जी जम्प बनाइएको हो  
बन्जी जम्प दुइसय २८ मिटर अग्लो छ । हेर्दा नै निकै आकर्षक लाग्ने खालको छ । पुल तरेर पारी पुगेपछि सुविधा सम्पन्न होटल छ । पुल सहित होटलको लगानी करिब २० करोड छ । कुश्माका युवा व्यवसायीहरुको यसमा ठूलो लगानी छ ।
बन्जी जम्पको परिक्षण गरिएको छ । तर लकडाउनका कारण औपचारिक रुपमा उद्घाटन हुन पाएको छैन । चार वर्ष अघि ‘द क्लिफ’ नामक कम्पनीमार्फत बन्जीको नयाँ गन्तव्यका रुपमा निर्माण सुरु भएको थियो । लकडाउन खुले लगत्तै बन्जी जम्प खुला गरिने सञ्चालकले बताएका छन् ।
पर्यटकीय नगरी पोखरा, मस्ताङ–मनाङ् जस्ता पर्यटकीय स्थान तथा लोकमार्गबाट पनि नजिकै पर्ने भएकाले कुश्मामा निर्माणाधीन बन्जीले पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पु¥याउने द क्लिफ प्रालिका सञ्चालक नेत्र पराजुलीले बताउनुभयो ।
बञ्जी सँगै करिब १ सयभन्दा बढीलाई सेवा दिने गरी रिसोट बनाइएको छ । बन्जीका लागि चाहिने सबै सामान तथा प्राविधिक सामान सबै विदेशबाट मगाई जडान गरिएको हो । रिसोर्ट खास गरी टेन्ट सिस्टमको व्यवस्थामा आधारित छ ।
विश्वकै सबैभन्दा उचाइमा अवस्थित स्काई साइक्लिङ र स्विङसँगै विश्वकै दोस्रो अग्लो बन्जी (७ सय ३५ फुट) भएकाले यो एसियाकै उत्कृष्ट गन्तव्य बन्ने विश्वास गरिएको छ । मुस्ताङ पुग्ने पर्यटकलाई बन्जी जम्पले थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ । https://www.youtube.com/channel/UCUwV9I_QOxIXk9NXVi_-tFg 

कुस्माका युवा उद्यमी राजु कार्कीले, फ्लोरेन्स कार्की, स्थानीय युवा व्यवसायी युवराज जोशी र नेत्र पराजुलीलगायतको यसमा ठूलो लगानी छ । बन्जीजम्मले गण्डकी प्रदेशकै पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पु¥याउने विश्वास गरिएको छ ।
तस्विर भिडियो ठाकुरप्रसाद आचार्य (शिव)