थप २५ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या ४२७ पुग्यो

काठमाडौँ, जेठ ७ गते । 

कोरोना भाइरसको पीसीआर परीक्षणमा थप २५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा सङ्क्रमित सङ्ख्या ४२७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयाे ।

बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिममा एकजनालाई काेभिड -१९ पोजेटिभ देखिएको हो ।

अहिलेसम्म ३८ वटा जिल्लामा सङ्क्रमण देखिएको छ ।

संक्रमितहरु तीनवर्षदेखि ४८ वर्षसम्मका रहेका छन् ।

आज सात महिला र १८ पुरुषमा संक्रमण पुष्टि भएको छ ।अहिलेसम्म ३५ हजार ४९४ पीसीआर परीक्षण र ७५ हजार ७२ आरडीटी परीक्षण भएको छ । gorkhapatraonline