लकडाउन जेष्ठ २० सम्म लम्ब्याउन समितिको सिफारीस

जेष्ठ ४ काठमाण्डौं ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि जेष्ठ २० सम्म लकडाउन बढाउन उच्च स्तरीय समितिले सिफारीस गरेको छ । कोभिड– १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई लकडाउन १५ दिन थप गर्न सिफारिस गरेको हो ।

भोलि सोमबारदेखि सकिने लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याउन समितिले सिफारिस गरेको हो । चैत्र ११ गतेदेखि नेपालमा निरन्तर लकडाउन कायम छ ।
यस बिषयमा मन्त्रीपरिषद्ले आजै निर्णय गर्दै छ ।

साथै लकडाउनले नै अहिले ठूलो दुर्घटना हुनबाट जोगिएकाले अझ यसलाई कडा पार्न पनि सुझाव बैठकमा आएको छ । mirmireonline.