बेनी–जोमसोम सडकबाट एम्बुलेन्स कालीगण्डकीमा खस्यो, चालक बेपत्ता ( दुर्घटनास्थलको भिडियो सहित)

विकल्प न्यूज/बेनी
जेठ ४ गते ।   बेनी – जोमसोम सडक खण्डको बैसरी नजिक एम्बुलेन्स दुर्घटना हुँदा चालक वेपत्ता हुनुभएको छ । आइतबार दिउसो मुस्ताङको थासाङ गाउँपालिकाबाट सुत्केरी लिन पोखरा हिडेको ग १ झ ३११ नम्बरको एम्बुलेन्स म्याग्दीको रघुगंगा गाउँपालिका–२ रिठाबोट भन्ने ठाउँमा सडकबाट एक सय मिटर तल कालीगण्डकीमा खसेको हो । कालिगण्डकीमा नदीमा एम्बुलेन्स देखिएको छैन । https://www.youtube.com/watch?v=F4gTT5BtL2g

एम्बुलेन्स चालक थासाङ गाउँपालिका–४ का सुजन बिक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो । 

नदी किनारमा एम्बुलेन्सको केही अवशेष भेटिएको छ । बेपत्ता चालकको खोजि भइरहेको घटनास्थलमा पुग्नुभएका प्रहरी निरिक्षक शर्माले जानकारी दिनुभयो । घटना स्थलमा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल सहित प्रहरी नायब उपरिक्षक किरणजंग कुँवर सहित नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली खोजी तथा उद्धारका लागि खटिएको छ । नदि किनारमा एम्बुलेन्सको केही भाग मात्र फुटेको अवस्थामा देखिएका छन् । नदीमा पानीको सतह बढेकाले उद्धारमा कठिनाई भएको प्रजिअ ढकालले बताउनुभयो ।
एम्बुलेन्समा चालक मात्र रहेको प्रहरीले जनाएको छ । तिव्रगतिमा रहेका कारण एम्बुलेन्स दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

घटना स्थलबाट ठाकुरप्रसाद आचार्य