बेनी नगरपालिकाद्धारा चैत महिनाको भाडा मिनाह गर्ने निर्णय

विकल्प न्यूज/बेनी
जेठ ३ गते । बेनी नगरपालिकाले चैत महिनाको भाडामा छुट दिने निर्णय गरेको छ । नगर कार्यपालिकाको शनिबार बसेको वैठकले नगरपालिकाको सटर,ट्याङ्की,ठेला तथा जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गरेकाहरुलाई चैत महिनाको भाडा मिनाह गर्ने निर्णय गरेको हो ।
नगरपालिकालाई निमित रुपमा भाडा बुझाएका व्यवसायीहरु मात्र यो निर्णयबाट लाभान्वित हुने नगरपालिकाले जनाएको छ । नियमित रुपमा भाडा बुझाएका व्यवसायीहरुलाई मात्र लागू हुने गरी भाडा छुटको निर्णय गरिएको नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ८ का वडा अध्यक्ष रामकृष्ण बराइलीले बताउनुभयो । नगरपालिका बाँकी बक्यौता तिर्न पर्ने भएका व्यवसायीहरुले भाडा छुटको सुविधा नपाउने उहाँले बताउनुभयो ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण भाडा वस्नेहरु समस्यामा परेकाले नगरपालिकाले हाललाई एकमहिनाको भाडावापतको रकम छुट दिने निर्णय गरेको वडा नम्बर ८का अध्यक्ष बराइलीले जानकारी दिनुभयो ।
नगरपालिकाले कालिपुल बसपार्क र बजारका खाली स्थानहरुमा जग्गा तथा टहराहरु भाडामा लगाउदै आएको छ ।