तस्विर र भिडियोमा हेर्नुहोस् पर्वत र बाग्लुङ जोड्ने लामो पुल

विकल्प न्यूज/बेनी
बैशाख २७ गते ।  

बागलुङ बजारलाई पर्वतको पाङ सँग जोडने गरी निर्माण गरिएको एसियाकै अग्लो झोलुङ्गे पुल हालै निर्माण सम्पन्न भएको छ । लकडाउनका समयमा यो पुल निर्माण सम्पन्न भएको हो । लकडाउन खुलेपछि औपचारिक रुपमा उदघाटन गर्ने तयारी छ ।

पुलले कुश्मा नगरपालिका–१, पाङ अदुवाबारीबाट बागलुङ नगरपालिका–१, रामरेखालाई जोडेको छ । पुलको लम्बाई ५६७ मिटर लामो छ ।

कालिगण्डकी नदीमाथि बनेको पुल १३० मिटर अग्लो छ । कालिगण्डकी नदीमाथि बनेको उक्त पुल बागलुङ प्रवेशद्वार मालढुङ्गा बजार, मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोर सडकखण्डको ठिकमाथि रहेकाले पर्यटकीय दृष्टिले महत्वपूर्ण हुने विश्वास गरिएको छ । तस्विर र भिडियो ः ठाकुरप्रसाद आचार्य बेनी