ताजा समाचार:
Search

डेङ्गुको उच्च जोखिममा म्याग्दी – संक्रमितको संख्या ९ पुग्यो

विकल्प न्यूज/बेनी
बैशाख २६ गते । डेङ्गुको उच्च जोखिममा म्याग्दी देखिएको छ । पछिल्लो समय डेङ्गुको विरामी बढ्न थाले सँगै यसको जोखिम बढेको हो ।
शुक्रबार मात्रै २ जनामा डेङ्गु संक्रमण देखिएको बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो ।
वैशाख महिनामै म्याग्दीमा डेंगु संक्रमितको संख्या ९ पुगेको छ। बेनी नगरपालिका ५ भीरमुनि र बेनी नगरपालिका ६ छापाका दुई युवामा डेंगु पोजेटिभ देखिएको अस्पतालका डा. नवराज बस्ताकोटीले जानकारी दिनुभयो ।

‘डेंगुको उच्च जोखिममा छौ, यस वर्ष हामीलाई डेंगुले सताउने संकेत देखिएको छ’, डा. बस्ताकोटीले भन्नुभयो गतहप्ता समेत भीरमुनि र छापामा दुई जनामा डेंगु देखिएको थियो।

योसँगै बेनी नगरपालिकामा ६, मंगलामा २ र मालिका गाउँपालिकामा १ जनामा डेंगुका बिरामी भेटिएका छन्। शुक्रबार भेटिएका दुवै जनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ।

डेंगुले प्रकोपको रूप लिनसक्ने जोखिमलाई मध्यनजर गरी नगरभित्रका वडाहरुमा सचेतनामूलक कार्यक्रमसँगै डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी नष्ट गर्ने अभियानलाई तीव्र पारेको छ। चारजना डेङ्गु विरामी भने उपचार पछि घर फर्किएका छन् ।