काजकिरियाबाट बचेको रकम शान्तिकोषलाई सहयोग

विकल्प न्यूज/बेनी
बैशाख १८ गते ।
अन्नपूर्ण गाउँपालिका–६ घारका रुद्रबहादुर खड्काले आफ्नो दिवंगत दिदी पानसकुमारी खत्रीको नाममा म्याग्दीको परोपकारी क्षेत्रमा क्रियाशिल ओमकुमारी शान्ति कोषलाई सहयोग गर्नुभएको छ । दिवंगत दिदी पानसकुमारीले जम्मा गरेको रु १० हजार १५५ रकम खड्काले म्याग्दीको परोपकारी ओमकुमारी शान्ति कोषलाई सहयोग स्वरुप हस्तान्तरण गर्नुभएको हो ।

कोषका अध्यक्ष राजेश शाक्यलाई सो सहयोग हस्तान्तरण गर्दै खड्काले अन्य आफ्नी ६५ बर्षिय दिदीको विरामी भएर उपचार गराइरहेकै समयमा मृत्यु भएको कारण अन्य समस्यामा परेकाहरुको उपचारमा सघाउ पु¥याउन उदेश्यले सहयोग गरेको बताउनुभयो ।

दिदीले जम्मा गरेको रकमले उहाँको काजकिरिया खर्चपछि पनि बचत रहेको रकमलाई सामाजिक क्षेत्रमा परिचालन गर्ने योजना अनुसार कोषलाई उपलब्ध गराईएका खड्काको भनाई छ । ‘‘ उहाँ पनि विरामी हुनुहुन्थ्यो, उहाँले आफ्नै पहलमा जम्मा गरेको रकमलाई हामीले खर्च गर्ने कुरा भएन, त्यसैले सामाजिक क्षेत्रमा उपलब्ध गराउने योजना अुनसार कोषलाई प्रदान गरेका हौँ’’–खड्काले भन्नुभयो ।

सो अवसरमा कोषका अध्यक्ष राजेश शाक्यले कोषले विपन्नको उपचारमा सघाउँदै आएको बताउँदै कोषको तर्फबाट आजिवन सदस्यता प्रदान गर्नुभएको थियो । पानसकुमारीको उपचारमा कोषले समेत तत्कालिन समयमा आर्थिक सहयोग उपलब्ध गराएको थियो ।