कोरोना कहर¸ केही चुनौति केही अवसर

खरमाया विटालु / विकल्प न्यूज
बैशाख १७ गते । 

सन् २०२० यानिकी एक्काइसौं शताब्दिको दोश्रो दशक को अन्तिम वर्ष संसारका धेरैले धेरै नयाँ नयाँ सपना सजाउँदै नयाँ वर्षको व्यग्र पर्खाइमा अवस्य रहेका थिए नै । नयाँ वर्ष सँगै नयाँ योजना को थालनि¸नयाँ योजनाको मार्ग चित्र कोर्ने र नयाँ जिवनका नयाँ मोडमा केहि नयाँ सफलताको खोजिमा लाग्ने उमंग सहित नयाँ वर्षको पर्खाइमा तमाम मानिसहरु रहेका थिए । नयाँ वर्षको आगमन सँगै नयाँ नयाँ सपनाहरुलाइ साकार पार्ने कल्पना सहित नयाँ धरातलमा मानिसहरु अवका केहि योजनाहरु सार्वजनिक गर्ने र नयाँ गोरेटोमा नयाँ जोस जाँगरका साथ पाइला चाल्न मानिसहरु अवस्य व्यग्र प्रतिक्षामा थिए ।

तर दुर्भाग्य १ २०१९ डिसेम्वरको अन्तिम साता तथा २०२० को पहिलो सातामा नै चिनको हुवेइ प्रान्तको वुहान शहरमा देखा परेको कोभिड (१९ कोरोना भाइरस संसारमा मानिसहरुको तमाम नयाँ सपनाहरुको वाधक वनेर देखा परिदियो । सारा संसारका मानिसहरुको सपनामा यस्तो तुसारापात गराइ दियोकि अहिले मानिसहरु मानव सभ्यता तथा मानव अस्तित्वकै जिवन मरणको दोसाँधको लडाँइमा उभिनु परेको छ । सुरुका दिनहरुमा चिनमा मात्र देखा परेको कोरोना हाल संसारका २र४ देश वाहेक सवै देशमा फैलिइ सकेको अवस्था छ भने २ लाख ६ हजार भन्दा वढी मानिसहरुको मृत्यु यसै कारणले भइसकेको छ भने २९ लाख भन्दा वढी मानिसहरुलाइ यो भाइरसको संक्रमण आजको मिति सम्ममा भइ सकेको छ । यो मृत्यु को संख्या र संक्रमणको संख्या कहाँ र कति पुगेर कहिले टुंगिने हो केहि भन्न सकिने अवस्था छैन र सायद यसको उत्तर अहिले कसैले पनि दिन सक्ने अवस्था छैन ।

आज यस्तो परिस्थिति सृजना भयो कि कहाँ कस्लाइ कति खेर यो भाइरसले संक्रमणको सिकार वनाउने हो पत्तै नपाउने र संन्त्रास नै सन्त्रासमा विताउनु पर्ने र अनिश्चित भविश्यको अन्यौलपुर्ण परिणति कस्ले कहिले भोग्नु पर्ने होरु मन भरि भय ग्रस्त पीडा र वेचैनि साथ वाँच्न वाध्य वनायो । यो तपाइ हामी मात्र होइन सारा संसारका सम्मुर्ण मानव जगतलाइ एउटै पिडाले एकैसाथ यसरी सताएको यो पहिलो घटना हो यो शताव्दिको ।

 

इतिहासलाइ खोतल्ने हो भने पनि यस्तो पीडा दायि भय ग्रस्त समय कमै मात्र भोग्नु पर्यो होला मानव जगतले । हो अहिले हामी त्यहि इतिहासको संगिन घडिमा उभिएका छौं र एउटा सवै भन्दा ठुलो चुनौतिको पहाड सँग पौठेजोरी खेल्दै आफुलाइ लडाँइमा होमिरहेका छौं कि यो युद्धमा अनिवार्य जितको सर्तमा । कथंकदाचित यो युद्ध मा हाम्रो हार भएमा निसन्देह मानव सभ्यताकै हार हुनेछ र संसारमा सर्वश्रेष्ठ ठानिएको मानव प्राणिकै अस्तित्व समेत लोप हुन सक्ने छ । हो हामी यस्तो विघ्न चुनौतिमय अवस्थाको भयंकर लडाइमा आफुलाइ होमि रहेका छौं ।

चिनको हुवेइ प्रान्तको वुहानमा देखा परेको कोरोना भाइरस विस्तारै एशिया वाट युरोप हुँदै अमेरीका सहित करीव विश्वका सम्पुर्ण जस्तो देशमा फैलिन पुग्यो । यसले संसारलाइ नै हैरानी दिएको अवस्थामा वर्तमान अवस्थामा यूरोप र अमेरिकालाइ सवै भन्दा वढी प्रताडित वनाएको छ । युरोपका स्पेन¸ इटालि¸ यूके¸ जर्मनि¸फ्रान्स लगायतका देशहरु अत्याधिक प्रभावित भएका छन् भने उत्तर अमेरिका ९ग्क्० संसारमै सवै भन्दा वढी प्रभावित हुने मुलुकमा पर्दछ । यसरी युरोप अमेरिका हुँदै कोरोना कहर विस्तारै दक्षिण एशियामा पनि देखा पर्न लाग्यो । २०७७ साल चैत्र महिनाको पहिलो साता नेपालमा समेत यो भाइरसको संक्रमण देखा परयो जसले नेपाली जनमानसमा समेत एक प्रकारको भय र त्रास विजारोपण गरिदियो । हाल हामि नेपालि समेत त्राहिमाम अवस्थामा वाँचिरहेका छौं ।

खास गरेर यो कोरोना भाइरस विरुद्ध कुनै प्रकारको खोप लगायत उपचारका लागि औषधिको आविस्कार नभएको कारण उपचार पद्धतिमा अन्योलता आएको छ । उपचार विधि र औषधि समेत केहि नभएको कारण संक्रमण वाट जोगिनु नै यसको पहिलो र ठुलो उपचार हो भन्ने वुझाइ आम मानिसमा रहेको र जनस्वास्थ्य विज्ञहरुले समेत संक्रमणवाट वच्न उपाय सुझाएका छन् जसको मुल विधि भनेको सामाजिक भौतिक दुरी कायम गर्ने र संक्रमणवाट वच्ने । जसलाइ आधार मानेर सामाजिक भौतिक दुरी कायम गर्न र संक्रमण वाट वच्नको लागि संसारका सवैजसो मुलुकहरुले लक डाउन गरेका छन् । नेपालले समेत २०७७ चैत्र ११ देखि मुलुकभर लक डाउन गरि सामाजिक भौतिक दुरी कायम राखेर कोरोना संक्रमणवाट वच्ने र वचाउने उपाय अवलम्वन गरि रहेको छ । हाल नेपाल मा समेत संक्रमित को संख्या ५१ जना पुगि सकेको छ ।

वास्तवमै यो कोरोना कहर वा महामारी ले नेपालमा या तपाइ हामीमा महामारीको रुप अहिले लिइ सकेको नभए पनि विश्वमा यसले महामारीको रुप लिइ सकेको छ र नेपाल पनि त्यसवाट अछुतो रहन नसक्ने अवस्था आउन सक्ने भएको ले सचेत रहन विश्व स्वास्थ संगठन लगायत विज्ञहरुले चेतावनि दिइरहेका छन् । यो कोरोना कहर वास्तवमा हाम्रो लागि महा विपत्तिको रुपमा देखा परे पनि यसलाइ चुनौतिका साथै केहि अवसरको रुपमा पनि लिन सक्नु पर्ने हुन्छ । त्यसैले म आफू मालिका गाउँपालिकाको जन प्रतिनिधि ९उपाध्यक्ष० भएको हैसियतले आफ्नै मालिका गाउँपालिकामा यस कोरोना कहरले सिर्जना गरेको केही चुनौति तथा केही अवसरहरुलाइ यहाँ उल्लेख गर्न चाहान्छु ।

कोरोना कहरका केही चुनौतिहरुः कोरोना कहरका कारण आज संसार नै लक डाउनमा छ । यसरी नै हाम्रो देश नेपाल पनि लक डाउनमा छ र हामी मालिका गाउँपालिकावासी समेत लक डाउनमै छौं । लक डाउनको पुर्ण पालना वाट संक्रमण वाट वच्नुवाहेक अन्य उपाय पनि देख्न सकिएको छैन । लक डाउनको कारण सारा हाम्रा गतिविधिहरु ठप्प छन् । यसले आर्थिक¸ सामाजिक¸ राजनैतिक¸ शैक्षिक सारा क्षेत्रमा नराम्ररी नकरात्म प्रभाव पारिरहेको छ । यद्यपि वर्तमान पहिलो प्राथमिकता कोरोनावाट मुक्ति पाउनु नै हो । यसरी कोरोना विरुद्ध लडी रहँदा हाम्रो मालिका गाउँपालिका वासीहरुले पनि धेरै चुनौतिहरु सामना गर्नु परिरहेको छ ।

मुख्यतया हामिले सामना गर्नु परिरहेको चुनौतिहरु तथा नकरात्मक प्रभाव क्षेत्रहरु निम्नानुसार रहेका छन् ।
१कष्ट पुर्ण जनजिवनः लक डाउनको कारण सारा कुराहरु ठप्प छन् । यातायात ठप्प छ । साना तिना उद्यम व्यवसाय वन्द छन् । पसल वन्द छन् । व्यापार वन्द छन् । यस हिसावले ज्याला मजदुरी गर्ने व्यक्तिहरुको दैनिकी मा उत्तिकै समस्या परिरहेको छ ।

सामाजिक भौतिक दुरी कायम गर्नु पर्ने भएकोले एक अर्काको भेट वन्द छ । हामिले विगतमा खुल्ला दिनहरुमा जसरी जिवन यापन गरिरहैका थियौं । त्यसको हिसावले विलकुल फरक जिवन¸ फरक एकान्तवासको जिवन यापन गरिरहेको छौं यो अत्यन्तै कठिन र कष्टप्रद जिवन छ । जति कठिन र कष्ट झेल्नु किन नपरोस यसलाइ सामना गरेर अगाडि वढ्नुको साटो तपाइ हामि सामु अर्को विकल्प पनि छैन ।

२ आर्थिक समस्याः लक डाउनको कारण परेको सवै भन्दा ठुलो समस्या भनेकै आर्थिक क्षेत्रमा रहेको छ । दैनिक ज्याला मजदुरी गर्ने मजदुर देखि साना ठूला व्यवसाय गर्ने व्यवसायि सवै समुदायले आफ्नो सम्पुर्ण पेशा व्यवसाय वन्द छन् । यसले तत्काल तपाइ हाम्रो जिवन यापनमा कठिनाइ भोगिएको त छँदैछ¸ तत्कालमा परेको आर्थिक समस्या त छँदैछ¸ यसले तँपाइ हामीलाइ दिर्घकालिन समय सम्म पनि केहि नकरात्मक आर्थिक समस्या निम्त्याउनेछ । यो कोरोना कहरले निम्त्याउने आर्थिक खाडललाइ पुर्न तपाइ हामिलाइ केहि वर्ष केहि समय अवश्य लाग्नेछ ।

३ कृषि क्षेत्रमा समस्याः हामि मालिकावासिको पनि प्रमुख पेशा कृषि नै हो । हामी करीव ७० प्रतिशत मालिकावासी कृषिमा नै प्रत्यक्ष र परोक्ष रुपमा आश्रित छौं । अहिले लकडाउनको कारण कृषिको लागि आवश्यक मल विउ ल्याउन असुविधा हुनेछ । कृषि क्षेत्रमा नयाँ लगानि गर्न चाहेर पनि कृषि उद्यमिले यो वर्ष लगानि गर्न नसक्ने परिस्थिति जन्मेको कारण कृषि क्षेत्रको उत्पादनमा हामी मालिकावासी पनि नराम्ररी प्रभावित हुनेछौं ।

४ व्यापारिक क्षेत्रमा समस्याः मालिका मा रहेको मुख्य व्यापारिक क्षेत्र दरवाङ लगायत अन्य वडा कार्यालयका केन्द्र नजिक रहेका सानातिना व्यापारिक क्षेत्र समेत नराम्ररी प्रभावित भएका छन् । वन्द व्यापार ठप्प छ । आन्तरिक र वाह्य पर्यटन वन्द छ¸ ठप्प छ । जसको कारण साना तिना होटल व्यवसाय देखि अन्य सम्पुर्ण व्यापार पसलहरु वन्द छन् जसले व्यापारिक व्यवसायिहरु समेत नराम्ररी प्रभावित भएका छन् ।

५ साना उद्यम तथा निर्माण व्यवसायिक क्षेत्रमा समस्याः मालिका गाउँपालिका मा सञ्चालित ३०० भन्दा वढि साना तथा घरेलु लघु उद्यमहरु समेत प्रभावित भएका छन् । यसको साथै यस गाउँपालिकामा निर्माणाधिन प्रदेश स्तरीय र केन्द्रीय स्तरका र गाउँपालिका स्तरको सम्मपुर्ण निर्माण सम्वन्धि कामहरु योजनाहरु ठप्प छन् जसको कारण हाम्रो गाउँपालिकाको भौतिक निर्माण सम्वन्धि विकासमा नकरात्मक प्रभाव त परेको छ नै त्यो भन्दा वढी नकरात्मक प्रभाव निर्माण क्षेत्रमा संलग्न निर्माण व्यवसायि तथा मजदुर वर्गलाइ परेको छ ।

६ शेक्षिक क्षेत्रमा समस्याः लकडाउनको कारण शैक्षिक क्षेत्र नराम्ररी प्रभावित वनेको छ । नयाँ शैक्षिक सत्र सुरु हुने समय थियो । विद्यालय वन्द छन् । कलेज वन्द छन् । कुनै पाठ्य सामग्री विद्यार्थिको हातमा पुरयाउन सकिएको छैन । विद्यालय जानु पर्ने वालवालिकाहरुमा विद्यालय जान नपाएर शिक्षा आर्जनको क्षेत्रमा नकरात्मक असर त पर्यो नै तर त्यो भन्दा वढी कोरोना त्रासले मनोवैज्ञानिक असर समेत परेको छ ।

७ वैदेशिक रोजगार र वैदेशिक आम्दानीमा समस्याः नेपालको ठुलो आम्दानी को हिस्सा नै वैदेशिक रोगार र वैदेशिक रोजगार वाट प्राप्त आम्दानि रेमिट्यान्स ले ओगटेको छ । म्याग्दि जिल्ला पनि वैदेशिक रोजगारी मा जानेको संख्यामा अगाडि छ अर्थात नेपालमा दोश्रो स्थानमा पर्ने जिल्ला समेत हो । मालिका गाउँपालिकामा पनि वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य मात्रामा रहेका छन् । हाल रोजगारको गन्तव्य मुलुकहरु समेतमा लक डाउनको कारण ती मुलुकमा रहेका व्यक्तिहरुको रोजगार गुमि रहेको अवस्था छ भने आम्दानि नभएको कारण विदेश वाट आउने रकम वन्द हुँदै गएको छ । यसले पनि यहाँ को आम्दानिमा नकरात्मक प्रभाव परेको छ । यसले यहाँको जनजिवनमा आर्थिक कठिनाइ उत्पन्न गरिदिएको छ ।

८ स्वास्थ तथा सामाजिक क्षेत्रमा समस्याः अहिले कोरोना कहरको कारण सारा को ध्यान त्यतै तर्फ केन्द्रीत भएको छ । जसको कारण अस्पताल लगायत स्वास्थ संस्थाको ध्यान पनि कोरोना विरुद्ध केन्द्रित गरिएको छ । सारा स्वास्थकर्मिहरुलाइ पनि कोरोना विरुद्धको अभियानमा केन्द्रीत गरिएको छ । जसकारण हामिले गत विगतमा पाइरहेको स्वास्थ सुविधा तथा उपचार सुविधामा केहि कठिनाइ उत्पन्न भएको छ । यातायतको असुविधाको काराण उपचारको लागि स्वास्थ संस्था तथा अस्पताल धाउन समेत केही कठिनाइ उत्पन्न भएको छ । सामाजिक क्षेत्र तथा सामाजिक कार्यहरुमा समेत केहि नकरात्मक प्रभाव परेका छन् । विवाह¸ सुध्याँइ¸ पुराण आदि समेत गर्न वन्देज लागेको छ भने धार्रमिक मेला तथा पर्वहरु लगाउन तथा मनाउन समेत वन्द भएको छ । यसले समेत तपाइ हामिलाइ केहि नकरात्कम असर पारेको छ ।

कोरोना कहरले सिर्जना गरेका केही अवसरहरुः भनिन्छ हरेक चुनौतिहरुको केहि सकरात्मक पक्षहरु हुन्छन् । यो कोरोना कहर मानवीय हिसावले हेर्दा निकै ठुलो विपत्ति हो र यसले पुरयाएको क्षति र अझै पुरयाउने क्षति निकै विकराल छ । यसलाइ मापन गर्न निकै कठिन पर्ने छ । यद्यपि यसलाइ परास्त गर्नुको विकल्प हामी सँग छैन । यस माहा विपत्तिलाइ सामना गर्दै अगाडि वढ्ने क्रममा तपाइ हामी सामु केही सुनौला अवसरहरु पनि सिर्जना हुने र केही सकारात्मक प्रभावहरु पनि पर्दै जाने देखिएको छ । यसलाइ निम्नअनुसार चर्चा गर्न सकिन्छ ।

१ महामारी विरुद्ध ऐक्यवद्धता र एकताः यो महामारी विरुद्ध के व्यवसायि¸ के शिक्षक¸ के विद्यार्थि¸के किसान¸के मजदुर¸ के राजनितिक नेता¸ के कार्यकर्ता¸ के सामाजिक अभियन्ता¸ वकिल¸ डाक्टर¸ वुद्धिजिवि सारा देशवासी को अभुतपुर्व एकता कायम भएको छ भने सम्पुर्ण जनता महामारी विरुद्ध अभुतपुर्व ऐक्यवद्धता जाहेर गरि कोरोना विरुद्धको संघर्षमा पंक्तिवद्ध भइ सामेल भएको अवस्था छ । यसले तपाइ हामि देशवासी तथा मालिकावासीलाइ पनि के स्पष्ट सन्देश दिएको छ भने आगामी दिनमा हुन सक्ने जस्तो सुकै महामारीमा पनि हामि वीच महाविपत्ति विरुद्ध एकतावद्ध भएर सामना गर्ने ल्याकत राख्दछौं । यो सवै भन्दा ठूलो सकरात्मक पक्ष हो । यो कोरोना कहरले हामी मालिकावासी मात्र नभइ सारा नेपालि दाजुभाइ दिदि वहिनिहरुलाइ महाविपत्ति विरुद्ध एउटै कित्तामा उभ्याउने काम गरेको छ ।
२ दिर्घकालिन महत्वको संरचना तथा संस्थाहरुको ९फुड वैंक० स्थापनाः यस महाविपत्तिले अव उप्रान्त हुन सक्ने विभिन्न समस्याहरु सँग जुध्नको लागि विभिन्न संरचनाहरुको स्थापना र संचालन गर्न आँखा खोलि दिएको छ । यहि मालिका गाउँपालिका मा समेत फुड वैंक को स्थापना गरिएको छ । फुड वैंकमा हाल यहाँ उपलब्ध विभिन्न सामग्रीहरु राखिएको छ । यो स्थापना गर्नलाइ हाल यस गाउँपालिकामा रहेका राजनैतिक दलहरु तथा सामाजिक संस्थाहरुको सहयोगमा स्थापना गरिएको छ ।

यसवाट तत्काललाइ विपत्तिमा परेका जोखिमयुक्त परिवारहरुलाइ खाद्य सामग्री उपलब्ध गराइने छ भने यसलाइ दिर्घकालिन रुपमा स्थानीय उत्पादनहरुको लाइ विपत्तिको समयमा प्रयोग गर्न सकिने गरि स्थायी संरचनाको रुपमा स्थापना र सञ्चालनको लागि गाउँपालिकाले श्रोत व्यवस्थापन गर्ने सोच अगाडि वढाएको छ । यस्ता प्रकारका धेरै संस्था तथा संरचनाहरु तयार हुनेछन् जसले भोलिका दिनमा हुन सक्ने विपत्तिमा लड्नको लागि मद्दत गर्ने छ ।

 

३ चेतनाको विकास र धैर्यता र इमान्दारीताः “अनिकालमा वीउ जोगाउनु¸हुलमुलमा जीउ जोगाउनु ” यो नेपाली उखान खास गरेर विपत्तिमा कसरी जीउ ज्यान जोगाउने तथा विपत्ति भोकमरीको विरुद्ध कसरी मुकाविला गर्ने भन्ने सन्दर्भमानै यो उखान को विकास गरेको हुनु पर्छ । यो उखानले भने जस्तो चरित्र नेपाली समुदायले प्रदर्शन गरेको छन् ।

हाम्रा गाउँ घरका तमाम समुदायले आफ्नो खाद्य तथा आहार आदत ९ँययम जबदष्त० मा परिवर्तन गरेका छन् भने स्थानीय स्तरमा उत्पादन भएका खाद्य वस्तुहरुको उपयोगले आत्म निर्भरताको जग वसालेको छ । साथै महामारी तथा विपत्तिवाट कसरी वच्न सकिन्छ भन्ने उच्च जनचेतना फैलन सकेको आभास भएको छ । यो हाम्रै मालिकावासी तथा तमाम देशवासीहरुवाट लकडाउनमा सामाजिक दुरी कायम गर्न देखाइएको तत्परता¸धैर्यता¸ इमान्दारीतावाट प्रमाणित भएको छ ।

यहि हतियार तथा औजारको सहायताले नेपालले कोरोना विरुद्धको लडाँइमा विजय प्राप्त गर्ने संकेत देखा परेको छ । यस वाट के देखिएको छ भने आगामि दिनमा आउन सक्ने जस्तो सुकै महा विपत्तिको सामना गर्न पनि नेपालि समुदायहरु तत्पर छन् र सक्षम छन् भनेर विश्वास गर्न सकिन्छ ।

४स्थानीय स्तरमा उद्यमशिलताको विकास तथा रोजगारी सिर्जना हुनेः सम्भवतः यो कोरोना कहर सँगै र यसको समाप्ति पछि धेरै नेपालि दाजुभाइ तथा दिदि वहिनीहरुले वैदेशिक रोजगारी गुमाइ स्वदेश फर्कन सक्ने सम्भावना निश्चित प्रायः छ । त्यसैले विदेश वाट फर्किएका युवाहरुले स्थानीय स्तरमै उपलब्ध साधन र श्रोतलाइ मुल्याङ्कन गरेर उद्यम व्यवसाय तिर लगानी गर्नेछन् र यसको वातावरण स्थानीय सरकारले तयार गर्न वाध्य नै हुनेछ । यस्तो अवस्थामा स्थानीय स्तर मा उद्यम व्यवसाय तथा रोजगारीको व्यापक विकास भइ हाम्रो गाउँमा आर्थिक विकास सम्वन्धि धेरै फलदायि कार्यहरु हुनेछन् ।
५ नयाँ सम्भावनाको खोजि नयाँ संकल्पः केहि शताब्दि अगाडि यूरोपमा फैलिएको महामारीले करोडौं मानिसको ज्यान लिएको र त्यस पछि युरोपको सामाजिक आर्थिक अवस्था मानै अभुतपुर्व रुपले फड्को मारेको इतिहास तपाइ हामिले अध्ययन गरेका हौं । त्यसैले यस प्रकोप पछि तपाइ हामिले पनि नयाँ योजनाका साथ सामाजिक र आर्थिक क्षेत्रमा कायापलट हुने गरि केहि नयाँ संकल्पका साथ अगाडि वढ्न प्रेरित गर्ने छ । जसले हामि सवै क्षेत्रमा केहि न केहि नयाँ ढंगले अघि वढ्नु पर्ने वाध्यकारी अवस्थाको सिर्जना हुनेछ वसको कारण राजनैतिक¸ सामाजिक¸साँस्कृतिक र शैक्षिक हरेक क्षेत्रमा द्रुत गतिमा सकरात्मक रुपले परिवर्तन हुनेछ । स्वयम् मालिका गाउँपालिकाले अव विशेष योजनाका साथ वाँकि समयमा अर्थात आगामि आ।व। मा निति तथा कार्यक्रम र सोहि अनुसार को विशेष योजना कार्यान्वयनमा ल्याउनेछ । गाउँ पालिका स्वयं नविन सोच र संकल्पका साथ अगाडि वढ्ने छ ।

यसरी हाल देखा परेको यो कोरोना कहर महामारीले निश्चय पनि विश्व मानव समुदाय लाइ अपुरणीय क्षति पुरयाइरहेको छ र थप क्षति पुरयाउने छ तर यसलाइ मानव समुदायले परास्त गरि नयाँ संकल्प र नयाँ सोचका साथ मानव समुदायलाइ थप नयाँ जिवन पद्धतिमा जिउन प्रेरित गरिनु पर्दछ । हरेक रात पछि सुनौलो विहानि आउँछ त्यसरी नै यो कोरोना कहर पछिको मानव जातिको सुनौलो भविश्यको आशामा नै सवै रहेका छन् । त्यता तर्फ सवैको ध्यान जान जरुरी छ ¸ सवै तह र तप्कामा रहेका तपाइ हामी सम्पुर्णले आआफ्नो ठाउँवाट यो भुमिका निर्वाह गर्नुपर्दछ । त्यसैले कोरोना कहर केही चुनौति भए पनि केही अवसर पनि हो । यसलाइ अवसरको रुपमा लिएर अघि वढौं¸ नयाँ नेपालको प्रवेश द्वार यसैलाइ मानेर नयाँ इतिहासको रचना गर्ने यात्राको आरम्भ यहीँ वाट गरौं । लेखक मालिका गाउँपालिका उपाध्यक्ष हुुनुहुन्छ ।