ताजा समाचार:
Search

लकडाउनको सदुपयोग ः बेनीका दुर्गाले निकाले हावाबाट विजुली (भिडियो)

विकल्प न्यूज/बेनी
बैशाख १६ गते । बेनीका एक युवाले हावाबाट विजुली निकाल्नु भएको छ । बेनीको बैंकरोडमा रहेको म्याग्दी उर्जा प्रविधि सेवा केन्द्रका सञ्चालक दुर्गा श्रेष्ठले १० वटा बल्भ बाल्न मिल्ने विद्युत हावाबाट निकाल्नुभएको छ ।

https://youtu.be/GhmZI6WW_B4

लकडाउनका समयमा फुर्सद भएकाले नयाँ प्रविधि सिकौं भनेर प्रयास गरेको उहाँले बताउनुभयो । आफू सँग भएको सीप र सामग्रीको सदुपयोग गरेर विजुली निकालेको श्रेष्ठले बताउनुभयो ।

पर्यटकीय स्थल लभ्लीहिलमा जडान गर्ने सोच भएको उहाँको भनाई छ । हावा धेरै चल्ने स्थानमा उपयुक्त हुने भएकाले लभ्लीहिलमा लगेर जडान गर्ने उहाँको भनाई छ ।

साँझको समयमा लभ्लिहिलमा हावाबाट निकालेको विजुलीले झिलीमिली पार्ने उहाँको सोचाई छ । यसका साथै लभ्लीहिलमा मोवाइल चार्ज स्टेशन बनाउने उहाँको भनाई छ । तिनदिन लागेर उक्त प्रविधिको विकास गरेको उहाँको भनाई छ ।
हेर्नुहोस भिडिय

https://youtu.be/GhmZI6WW_B4