ताजा समाचार:
Search

कोरोना रोकथाममा खटिएका स्थानीय तहका स्वास्थ्यकर्मीलाई जिसीको साथ (भिडियो सहित)

विकल्प न्यूज/बेनी
बैशाख १० गते ।

कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका म्याग्दीका स्वास्थ्यकर्मीहरुलाई युवा व्यवसायी नारायण जिसीले स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा प्रत्यक्ष रुपमा खटिएका स्वास्थ्यकर्मीहरुलाई जिसीले मास्क र स्यानीटाइजर सहयोग गर्नुभएको हो । मंगलबार मंगला,मालिका र धौलागिरि गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि गाउँपालिकामै पुगेर जिसीले सो सामग्रीहरु सहयोग गर्नुभएको हो ।

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को रोकथाममा अग्रपक्तिमा रहेर काम गरेका स्वास्थ्यकर्मीहरुलाई संक्रमण हुनबाट बचाउन सामग्रीले सहयोग पुग्ने जिसीले विश्वास व्यक्त गर्नुभयो । 

निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष समेत रहनुभएका जिसीले मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका,मालिकाका अध्यक्ष श्रीप्रसाद रोका र धौलागिरि गाउँपालिकाका प्रतिनिधि मोतीप्रसाद अर्याललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । मंगला गाउँपालिकाका अध्यक्ष रोकाले कोरोना भाइरसको रोकथामका लागि उक्त सामग्रीले ठूलो सहयोग पुग्ने बताउनुभयो ।

बजारमा अभाव भएका मास्क र स्यानीटाइजर सहयोग गरेर जिसीले उदाहरणीय कार्य गरेको उहाँले बताउनुभयो । हस्तान्तरण कार्यक्रममा मंगलाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले विपत्तीका समयमा गाउँपालिकामै आएर सहयोग गर्नुभएकोमा जिसीलाई धन्यबाद व्यक्त गर्दै आगमी दिनमा पनि यस्तै सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।

यस्तै मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले जिसीको सहयोगले कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीहरुलाई हौसला मिल्ने बताउनुभयो ।

https://www.youtube.com/watch?v=n2kDO26YifU&t=417s

मालिका गाउँपालिकालाई २ सय ५० थान मास्क, ५ लिटर स्यानीटाइजर, मंगला र धवलागिरी गाउँपालिकालाई २ सय थानका दरले सर्जिकल मास्क तथा ५ लिटरका दरले स्यानीटाइजर सहयोग गर्नुभएको छ ।

यसअघि युवा व्यवसायी जिसीले नेपाली सेनालाई २ सय थान मास्क, १ लिटर स्यानीटाइजर, सशस्त्र प्रहरी बललाई १ सय थान मास्क, १ लिटर स्यानीटाइजर र राष्ट्रिय अनुसन्धान कार्यालय म्याग्दीलाई ५० थान मास्क सहयोग गर्नुभएको थियो ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालयलाई १० लिटर स्यानीटाइजर र जिल्लामा क्रियाशिल पत्रकार तथा सञ्चारकर्मीहरुलाई पनि ५० थान मास्कसहित १ लिटर स्यानीटाइजर सहयोग गर्नुभएको थियो । युवा व्यवसायी जिसीले बेनी नगरपालिका–५, बगुवाखोलामा जिसी क्रसर उद्योग सञ्चालन गरेका छन्भने उनी त्यस क्रसर उद्योग र बि.एन. कन्टक्सनका सञ्चालक समेत रहेका छन् । सोमबार बेनी अस्पताललाई ५ सय थान मास्क र १० लिटर स्यानीटाइजर तथा बेनी नगरपालिकालाई ३ सय ५० थान मास्क र ५ लिटर स्यानीटाइजर सहयोग गर्नुभएको थियो । यसैगरी रघुगंगा गाउँपालिकालाई ४ सय थान मास्क र ५ लिटर स्यानीटाइजर तथा अन्नपूर्ण गाउँपालिकालाई ३ सय थान मास्क र ५ लिटर स्यानीटाइजर सहयोग गरेको जिसीले बताउनुभयो ।

उक्त स्वास्थ्य सामग्रीहरु स्थानीय तहका स्वास्थ्य संयोजक मार्फत प्रत्येक स्वास्थ्य चौकीहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई उपलब्ध गराइने छ ।

youtube.com/watch?v=n2kDO26YifU&t=328s