ताजा समाचार:
Search

कोरोना संक्रमणबाट म्याग्दीकी लक्ष्मी भट्टचनको नेदरल्याण्डमा निधन

विकल्प न्यूज/बेनी
बैशाख ७ गते । 
कोरोनाको संक्रमणबाट म्याग्दीकी लक्ष्मी भट्टचनको मृत्यु भएको छ । उनी यूरोपेली मुलुक नेदरल्याण्डमा बस्दै आएकी थिइन् । म्याग्दीको मंगला गाउँपालिकाकी ४० वर्षीय भट्टचन श्रीमान र २ बच्चासहित विगत १५ बर्षदेखि नेदरल्याण्डमा बस्दै आएको बताइएको छ । भट्टचन चिकित्सकको सल्लाह अनुसार विगत एक महिनादेखि होम क्वारेन्टाइनमा बस्दै आएकी थिइन् ।

तर, पछि संक्रमणले च्यापेपछि उनलाई अस्पताल भर्ना गरिएको परिवारले जनाएको छ । अस्पतालमा उपचार भइरहेका बेला उनको निधन भएको थकाली समाज बेल्जियमका सचिव रमेश शेरचनले जानकारी दिएका छन् । यो घटनासँगै अहिलेसम्म विश्वभर २८ नेपालीको मृत्य भएको एनआरएनएले जनाएको छ । euronepalnews.com