ताजा समाचार:
Search

नयाँ बर्षको मध्यरातमा रघुगंगामा भिषण असिनापानी र बाढी (भिडियो सहित)

विकल्प न्यूज/बेनी
बैशाख २ गते ।

नयाँ बर्षको मध्यरातमा परेको भिषण असिना पानीले म्याग्दीको रघुगंगा गाउँपालिकाको वडा नम्बर १ बेग, २ भगवती, ३ पिप्ले र ४ दग्नाम क्षेत्रमा ठुलो क्षति पु¥याएको छ । करिब १ फिट सम्म परेको असिनाले गौँ, जौँ, मकै, सिमी, आलु लगायतका खाद्यबाली संगै तरकारी खेतीमा समेत ठुलो क्षति पु¥याएको हो ।असिना पानीसंगै आएको बाढीको कारण भगवतीको जैसिखोर क्षेत्रमा केहि घरहरुमा समेत क्षति पु¥याएको छ । मध्यरातमा बस्तीतर्फ पसेको बाढीको कारण स्थानीय डोलेन्द्र रिजालको घरमा ठुलो क्षति पु¥याएको हो । आँगनमा स्याङ पारेर घरको जगतर्फ बाढी पस्दा दुई तले घरको ठाउँ ठाउँमा चिरा परेर चर्किएको छ भने केहि भाग भासिएको घरधनी रिजालले बताउनुभयो ।

‘‘ मध्यरातमा बाढी आयो, घरका पर्खाल चर्किएको छ, केहि भाग भासिएको पनि छ, यस्तै अबस्थामा घरभित्र बस्न जोखिम छ, अब पुननिर्माण नै गर्नुपर्छ ’’– रिजालले भन्नुभयो । बाढीले गोकर्ण परियारको घरमा क्षति क्षति पु¥याएको छ भने नरसिंह खत्रीको कुखुराको खोर भत्कने अबस्थामा पुगेको छ । १ सय बढी घरमा बाढी पसेपनि ४२ घरधुरीमा बाढीले आंसिक रुपमा क्षति पु¥याएको वडा कार्यालयले जनाएको छ । 

भगवतीको जैसीखोर संगै धुपिचौर, साझापानी, ठुलथरा, रिसिनचौतारी, बरखर्क, ओखरबोट, थापाटोल, रुइसेटोल लगायतका क्षेत्रका घरहरुमा बाढी पसेको थियो । अधिकाँश घरमा बाढी पसेपछि भण्डारण गरि राखिएको धान, कोदो,मकै लगायतका अन्न र घरभित्रका सामानहरु समेत भिजेर क्षति पुगेको वडा अध्यक्ष रिम कटुवालले जानकारी दिनुभयो । 

मध्यरातमा परेको असिनापानीले बेग, भगवती, पिप्ले, मौवाफाँट, कलेजाबाङ, फुलवारी, दग्नाम लगायतका क्षेत्रमा गरिएको हिउँदेबालीमा ठुलो क्षति पु¥याएको छ । असिनाले सुन्तला लगायतका फलफुल खेतिलाई समेत पूर्ण रुपमा क्षति पु¥याएको रघुगंगा–३ पिप्लेका वडा अध्यक्ष जिवनकुमार मल्लले बताउनुभयो । असिना पानी र बाढीले पु¥याएको क्षतिको विवरण संकलन गर्न सुरु गरिसकिएको छ । वडा स्तरबाट जनप्रतिनिधि मार्फत विवरण संकलन सुरु भएको गाउँपालिका अध्यक्ष भबहादुर भण्डारीले जानकारी दिनुभयो । https://www.youtube.com/watch?v=uu10itbMVPA&feature=emb_logo

‘‘ अन्नबालि र फलफुल खेतीमा ६० प्रतिशत बढी नोक्सानी भएको पाईएको छ, बाढीले निम्त्याएको क्षतिलाई स्थलगत रुपमा अवलोकन गरेका छौँ, थप सम्भावित जोखिम हुन नदिन बाढीलाई नियन्त्रण र रोकथामका कार्यहरु सुरु गछौँ’’– अध्यक्ष भण्डारीले भन्नुभयो ।

यसैबिच भगवती क्षेत्रमा बाढी र असिना पानिले पु¥याएको क्षतिको अबस्थाबारे जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, गाउँपालिका अध्यक्ष भण्डारी, वडा अध्यक्ष कटुवाल, गाउँपालिकाको विपद ब्यबस्थापन समितिका संयोजक गमान छन्त्याल लगायतको टोलीले स्थलगत रुपमै अवलोकन गरि अबस्थाबारे जानकारी लिनुभएको छ । बाढीले ग्रामीण सडक समेत अबरुद्ध बनाएको छ । 

पिप्ले– भगवती सकड हूँदै आएको बाढी पसेर पिप्लेको एकघरेदेखि गैरीगाउँ जाने सडक पूर्ण रुपमा क्षति भएको छ भने बस्ती समेत बाढीको जोखिममा परेको छ । असिनापानीले मालिका गाउँपालिकाको बिम, दुखु लगायतका क्षेत्रमा समेत क्षति पु¥याएको छ ।

https://www.youtube.com/watch?v=uu10itbMVPA&feature=emb_logo