ताजा समाचार:
Search

मोना साउदीद्धारा म्याग्दीका पाँच स्थानीय तहलाई पीपीई सहयोग

विकल्प न्यूज/बेनी
चैत २७ गते ।  म्याग्दी प्रवासी नेपाली संघ (मोना) साउदी अरबले कोरोना भाइरसको रोकथाममा स्वास्थ्यकर्मीलाई आवश्यक १० थान व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) सहयोग गरेको छ ।

कोभिड–१९ विरुद्घको स्वास्थ्य उपचारमा संलग्न म्याग्दीका पाँचवटा गाउँपालिकालाई २–२ थान पीपीई बिहिबार एक कार्यक्रम गरी मोना साउदीको तर्फबाट चन्द्रकुमार केसीले प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई हस्तान्तरण गर्नुभएको छ ।

हस्तान्तरण कार्यक्रममा प्रजिअ ढकालले प्रवासी म्याग्देलीको सहयोगलाई सम्बन्धित गाउँपालिकामा पुर्याउने बताउनुभयो ।
मोना साउदीले भविस्यमा समेत सहयोग गर्ने बरिष्ठ उपाध्यक्ष सुबोध बरुवाल र महासचिव तिलक पुन मगरले बताउनुभयो ।

उक्त कार्यक्रममा कोभिड–१९ म्याग्दी कमाण्ड पोष्ट अन्तरगतका सदस्यहरुको उपस्थिती रहेको थियो । यस अगाडी समेत मोना साउदीले विभिन्न सहयोग गरेको थियो । 

यसै गरी धौलागिरि गाउँपालिका,मंगला र बेनी नगरपालिकालाई चन्द्रकुमार केसीले पाँच लिटरका दरले स्यानीटाइजर सहयोग गर्नुभएको छ । केसीले उक्त स्यानीटाइजर प्रजिअ ढकाललाई हस्तान्तरण गर्नुभएको हो ।