नमुना काम ः बेनीका सडकमा गाई भोकभोकै मर्न थालेपछि लायन्सले खुबायो दानापानी (भिडियो /तस्विर)

विकल्प न्यूज/बेनी
चैत २६ गते ।  https://www.youtube.com/watch?v=SQzpcPpfvOI

 

लकडाउनको प्रभाव बेनीका सडकमा छाडा रुपमा छाडिएका पशुचौपायामा पर्न थालेको छ । लकडाउनका कारण बेनीका होटल र पसलहरु बन्द भएका छन् । तिनै होटल र पसलहरुबाट निस्केका पदार्थहरु खाएर बाँचेका गाईहरु यतिखेर खान नपाएर भोकभोकै मर्न थालेका छन् । मंगलबार र बुधवार २ वटा गाई मरेका छन् ।


भोकभोकै भएर गाई मर्न थालेपछि लायन्स क्लब अफ बेनी पिस सिटीले बुधवार १५ वटा गाई लाई दाना खुबाएको छ । क्लबका संस्थापक अध्यक्ष राजेश शाक्य,पूर्व अध्यक्ष लोकेश पुन मगर र अध्यक्ष नरेश श्रेष्ठ,सदस्यहरु दुर्गा मगर,नन्दु पाईजाले पशुचौपायालाई चोक्कर खरिद गरेर खुबाएका हुन । गाईहरु भोकभोकै मर्नथालेपछि गाईलाई बचाउन आफूहरुले दानापानी खुबाएको क्लबका अध्यक्ष नरेश श्रेष्ठले बताउनुभयो । लकडाउन अवधिभर पशुचौपायाहरुलाई क्लबले दिनदिनै दानापानी खुबाउने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

https://www.youtube.com/watch?v=SQzpcPpfvOI