भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय नाघ्यो, संक्रमित ४ हजार बढी

विकल्प न्यूज/बेनी
चैत २४ गते ।

भारतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय नाघेको छ । सोमबारसम्म भारतमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ९ पुगेको हो । त्यस्तै देशभर भाइरसबाट संक्रमति हुनेहरुको संख्या ४ हजार ६७ पुगेको छ भने २ सय ९१ जना संक्रमितहरु निको भएर घर फर्किएका छन् ।

विश्वभर अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ६९ हजार ३ सय पुगेको छ भने १३ लाखको हाराहारीमा संक्रमित भएका छन् । विश्वमा अहिले सबैभन्दा बढी संक्रमित अमेरिकामा देखिएका छन् भने इटाली, स्पेन, फ्रान्स, जर्मनी लगायतका मुलुकमा पनि संक्रमित हुनेहरुको संख्या अत्याधिक रहेको छ । विश्वमा सबैभन्दा बढी मर्नेको संख्या इटालीमा रहेको छ । इटालीमा अहिलेसम्म १५ हजार ८ सय जनाको मृत्यु भैसकेको छ । एजेन्सी  ratopati