ताजा समाचार:
Search

लायन्स क्लव अफ बेनी पिस सिटीद्धारा बेनपा–४ का १७ जनालाई खाद्यान्न सहयोग

विकल्प न्यूज/बेनी
चैत २२ गते ।        विश्वभर फैलँदै गैरहेको कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि नेपाल सरकारले गरेको लकडाउनले समस्यामा परेकालाई लायन्स क्लव पिस सिटीले राहत वितरणलाई तिब्रता दिएको छ ।

शनिबार बेनपा–४ सिंगामा दैनिक ज्यालामजदुरी गर्नबाट बन्चित भएका १७ घरधुरीलाई वडा कार्यालयमार्फत खाद्यान्न साम्रागी वितरण गरिएको छ ।लायन्स क्लव बेनी पिस सिटीले वडा कार्यालयले उपलब्ध गराएको विपन्न र मजदुरलाई वडा अध्यक्ष गोविन्दप्रसाद पौडेललाई लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बि वान नेपालका डिस्ट्रिक चिप एड्भाइजर चन्द्रकुमार केसी, पिस सिटीका संस्थापक अध्यक्ष राजेश शाक्य, क्लवका पूर्व अध्यक्ष एवम् जोन चियरपर्सन लोकेश पुनमगरले खाद्यान्न साम्रागी हस्तान्तरण गर्नुभएको थियो ।कार्यक्रममा वडा अध्यक्ष पौडेलले वडाभित्रका अति विपन्न १६ घरधुरी र बाहिरी वडाबाट मजदुरी गर्न आएका दुईजनालाई राहत उपलब्ध गराएको बताउनुभयो ।‘यो सहयोगले धेरै सहत भएको छ,‘सरकारको राहत वितरणलाई समेत सहज भएको छ’ पौडेलले भन्नुभयो ।

कार्यक्रममा लायन्स क्लव अन्तराष्ट्रिय डिस्ट्रिक चिप एड्भाइजर केसीले लायन्सको अभियानमा पिस सिटीको गतिविधिले उत्साहित भएको बताउनुभयो । उहाँले कोरोना बिरुद्धको अभियानमा लायन्स क्लवका गतिविधिहरुमध्ये पिस सिटीको उत्कृष्ट रहेको बताउनुभयो । क्लवका अध्यक्ष श्रेष्ठले स्थानीय तह, प्रशासनसँग समन्वय गरी जनप्रतिनिधिलाई नै राहत हस्तान्तरण गर्ने गरिएको बताउनुभयो ।

शनिबार नै क्लवले बेनीमा ज्यालामजदुरी गर्ने दुई परिवारलाई जनप्रतिनिधिमार्फत सहयोग गरेको थियो ।कार्यक्रमको सञ्चालन क्लवका प्रथम उपाध्यक्ष खम थापा मगरले गर्नुभएको थियो । क्लवले यसअगाडी बेनपा–७ लाई ५० बोरा चामल हस्तान्तरण गरेको थियो ।
क्लवमार्फत कुल १ लाख २३ हजार संकलन गरिएको थियो । क्लवले प्राप्त गरेको विपन्न र मजदुरको नाम समेत वडा कार्यालयलाई उपलब्ध गराएको छ ।