ताजा समाचार:
Search

मोना हङकङ र लायन्सद्धारा स्वास्थ्य संस्थालाई पिपिई वितरण

विकल्प न्यूज/बेनी
चैत २१ गते ।       मोना हङकङ र लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ बि १ नेपालले म्याग्दीका स्थानीय तह र बेनी अस्पताललाई पिपिई वितरण गरेका छन् । म्याग्दीका पाँच र छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिका गरी ६ स्थानीय तहलाई शुक्रबार पिपिई वितरण गरेका हुन । स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) मोना हङकङले २५,लायन्सको २० र लायन्स क्लब अफ बेनी म्याग्दीका संस्थापक अध्यक्ष चन्द्रकुमार केसीले आफ्नो छोरीको स्मृतिमा उपलब्ध गराएका ८ गरी ५३ थान पिपिई वितरण गरिएको हो । प्रत्येक स्थानीय तहलाई तिन÷तिन सेट हुने गरी पिपिई वितरण गरिएको लायन्स क्लब अफ बेनी म्याग्दीका संस्थापक अध्यक्ष तथा समाजसेवी चन्द्रकुमार केसीले बताउनुभयो । वाँकी रहेका सामग्रीलाई बेनी अस्पतालले आवश्यकता अनुसार प्रयोग गर्ने उहाँले बताउनुभयो ।

पिपिई अभाव झेल्दै आएका स्वास्थ्य संस्थाहरुलाई लाई राहत मिलेको बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । ‘पिपिईको अभावमा विरामीको उपचारमा समस्या भएको थियो । उक्त सामग्रीले केही राहत मिलेको छ – उहाँले भन्नुभयो ।’
जिल्ला विपद ब्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल तथा बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवाल र मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अमृत अधिकारीलाई जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरपालिकाका कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा मार्फत लायन्सले उक्त स्वास्थ्य सामग्री वितरण गरेको हो । यसै गरी केसीले व्यक्तिगत रुपमा जिल्ला प्रहरी कार्यालयलाई पाँच लिटर स्यानीटाइजर प्रहरी नायब उपरिक्षक किरणजंग कुँवरलाई हस्तान्तरण गर्नुभएको छ । लायन्ससन्तोष रावलले सञ्चालन गनुर््भएको हस्तान्तरण कार्यक्रममा बेनी स्थित लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।