ताजा समाचार:
Search

बगरफाँटका बोमबहादुर विश्वकर्माद्धारा घरभाडा मिनाह

विकल्प न्यूज/बेनी
चैत २० गते । पर्वतको जलजला गाउपालिका–२ बगरफाँटका बोमबहादुर विश्वकर्माले चैत महिनाको घरभाडा मिनाह गर्नुभएको छ ।

कोरोना रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका डेरावालहरुका लागि विश्वकर्माले चैत महिनाको १८ हजार रुपैयाँ घरभाडा नलिने घोषणा गर्नुभएको उहाँका छिमेकी किसन विश्वकर्माले जानकारी दिनुभयो ।

विश्वकर्माले मासिक तीन हजार रुपैयाँका दरले छ वटा कोठा भाडामा दिनुभएको छ । लकडाउन र कोरोनाको त्रासका कारण धेरैको रोजीरोटी गुमेको अवस्थामा राहत मिलोस भनेर भाडा नलिने निर्णय गरेको विश्वकर्माले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी जलजला गाउ कमिटिको सचिवालय सदस्य समेत रहनुभएका विश्वकर्मा जलजला गाउपालिकामा घरभाडा मिनाहको घोषणा गर्ने पहिलो ब्यक्ति बन्नुभएको छ ।