धाईरिङ र नाग्लिवाङका दुई युवाकाे रिपोर्ट नेगेटिभ

विकल्प / पर्वत

१८ चैत, ।
पर्वतको कुस्मा स्थित  कोरोना अस्पतालमा भर्ना भएका दुई युवाको रिर्पोट नेगेटिभ अाएकाेे छ ।
कोरोनाको सम्भावना भएको भन्दै पर्वतको जलजला गाउँपालिका धाइरिङका एक र नाङलीवाङका अर्का एक युवाको स्बाव परिक्षणको लागि काठमाण्डौं पठाइएको थियो ।

परिक्षणमा दुवैको रिर्पोट नेगेटिभ आएको अस्पतालका प्रमुख डा। शिशिर देवकोटाले जानकारी दिए । उनीहरु मध्ये धाइरिङका युवा बागलुङमा संक्रमण पुष्टि भएकी युवतीसंग काठमाण्डौं देखि पोखरासम्म जहाजमा आएका थिए ।

अर्का युवाले भने आफूलाई पनि सक्रमण भएको हुनसक्ने भन्दै ल्याव परिक्षणका लागि अस्पतालमा आएका थिए । योसंगै पर्वतबाट पठाईएका ४ जनाका ल्याव रिर्पोट नेगेटिभ आएको छ ।