बेनीमा अलपत्र परेका मजदुरलाई नेकपाकाे सहयाेगमा बसाेवासकाे व्यवस्था

कल्प न्यूज/बेनी
चैत १८ गते ।

एक हप्ता देखि बेनीमा अलपत्र परेका मजदुरहरूलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दिले सहयाेग गरेकाे छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणधिन ४२ मेगावाट क्षमताको मिस्त्री खोला जलविद्युत आयोजनामा काम गर्ने मजदुरहरु बेनीमा एकहप्ता देखि अलपत्र परेकाेे समाचार सार्वजनिक भएपछि नेकपाले उनिहरूलाई खाने र बस्नेे व्यवस्था गरेकाे हाे ।

चैत १० गते घर जान हिडेका सल्यान जिल्ला कपुरकोर्ट गाउँपालिकाका ९ जना मजदुरहरु यातायातका साधनहरु नपाएपछि एकहप्ता देखि बेनीमा अलपत्र परेका हुन ।

आयोजनाले घर सम्म जाने व्यवस्था नगरेको मजदुरहरुले बताएका थिए ।
मंगलबार बेलुका र बुधबार विहान सम्म पार्टिले वसाेवासकाे व्यवस्था मिलाएकाे नेकपाका सचिव हरिकृष्ण श्रेष्ठले बताउनु भयाे ।
उहाका अनुसार मजदुरलाई घर सम्म पुर्याउनेे व्यवस्थाका लागि पार्टीले पहल गरेकाे छ । नगरपालिका संग मजदुर हरू घर नजादा सम्म बेनी मै खाने र बस्ने व्यवस्था मिलाईदिन अनुराेध गरिएकाे उहाँ ले बताउनु भयाे ।

६ दिन बेनीको रुप्से होटलमा बसेका उनीहरु होटल सञ्चालकले सोमबार होटल बन्द गरी घर हिडेपछि मजदुरहरु सडकमा पुगेका थिए ।

चार महिना अघि ठेकेदार मार्फत आयोजनामा काम गर्न आएका मजदुरहरु विश्वव्यवापी रुपमा फैलिएको कोरोना भाइरसका कारण आयोजनामा काम रोकिएकाले उनीहरु घर हिडेका हुन ।
सडकमा अलपत्र परेका हामिहरू नेकपाकाे सहयाेगले वसाेबासकाे व्यवस्था भयकाे मजदुर कैलाश रानाले बताउनु भयाे ।

जिफन्ट बेनी नगरपालिका कमिटीको अध्यक्ष बलादेवी राईको पहलमा मजदुरहरूलाई सडकबाट बसपार्क स्थित एक होटलमा पुर्याईएकाे थियाे ।