ताजा समाचार:
Search

मिस्त्रीखोला जलविद्युतका मजदुरहरु एकहप्ता देखि बेनीमा अलपत्र (भिडियो सहित)

विकल्प न्यूज/बेनी
चैत १८ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणधिन ४२ मेगावाट क्षमताको मिस्त्री खोला जलविद्युत आयोजनामा काम गर्ने मजदुरहरु बेनीमा एकहप्ता देखि अलपत्र परेका छन् ।

चैत १० गते घर जान हिडेका सल्यान जिल्ला कपुरकोर्ट गाउँपालिकाका ९ जना मजदुरहरु यातायातका साधनहरु नपाएपछि एकहप्ता देखि बेनीमा अलपत्र परेका हुन । आयोजनाले घर सम्म जाने व्यवस्था नगरेको मजदुरहरुले बताएका छन् ।

६ दिन बेनीको रुप्से होटलमा बसेका उनीहरु होटल सञ्चालकले सोमबार होटल बन्द गरी घर हिडेपछि मजदुरहरु सडकमा पुगेका हुन । मंगलबार कालिपुल स्थित पुलको मुखमा सडकमा वसेका खाने र वस्ने वास नपाएको र आफूसँग पैसा पनि सकिएको रतिमान पुनले बताउनुभयो ।

चार महिना अघि ठेकेदार मार्फत आयोजनामा काम गर्न आएका मजदुरहरु विश्वव्यवापी रुपमा फैलिएको कोरोना भाइरसका कारण आयोजनामा काम रोकिएकाले उनीहरु घर हिडेका हुन । घर जाने सवारी साधन पनि पाइएको छैन । खाने खर्च पनि सकिएको छ मजदुर कैलाश रानाले भन्नुभयो, ‘आयोजनाले हामीलाई अलपत्र पा¥यो ।’

जिफन्ट बेनी नगरपालिका कमिटीको अध्यक्ष बलादेवी राईको पहलमा अहिले बसपार्क स्थित एक होटलमा मजदुरहरु राखिएको छ । हिजो देखि भोकै रहेका मजदुरहरुलाई व्यक्तिगत खर्चमा आफूले एकछाक खुवाउने गरी होटलमा राखेको राईले बताउनुभयो । मजदु्रहरुको उद्धारका लागि सम्बन्धित निकायमा पहल भइरहेको उहाँले बताउनुभयो ।