ताजा समाचार:
Search

धाईरिङकाे सल्यानमा ३ बेडकाे क्वारेन्टाइन

साजन परियार / जलजला

चैत १६ गते ।

जलजला गाउँपालिका ७ धाईरिङकाे सल्यानमा ३ बेड क्षमताकाे क्वारेन्टाइन निर्माण गरिएकाे छ ।  विदेशबाट अाएकालाई राख्नका लागि क्वारेन्टाइन बनाईएकाे  वडा अध्यक्ष टुङगनाथ अाचार्यले जानकारि दिनुभयाे ।

विश्वव्यापी रूपमा फैलिएकाे काेराेना भाईरसकाे जाेखिमबाट बच्न बिदेशबाट अाएकालाई क्वारेन्टाइन मा राखिने उहाँले जानकारि दिनुभयाे ।

स्थानिय श्री फर्से धाईरिङ माविका तिनवटा काेठालाई क्वारेन्टाइनका रूपमा प्रयाेग गरिएकाे उहाँले बताउनु भयाे ।

अावश्यकता अनुसार क्षमता बढाईने उहाँले बताउनुभयाे ।

तत्कालको लागि पूर्वतयारी स्वरूप ३ बेड क्षमताको क्वारेन्टाइन  निर्माण गरिएको वार्ड का स्वास्थ्य  इन्चार्ज देब बहादुर जि सि ले जानकारी दिनुभयो । क्वारेन्टाइन मा स्वास्थ्यकर्मी काे पनि व्यवस्था गरिएकाे उहाँले बताउनुभयाे ।

यसै विच बाग्लुङ कि कोराना संक्रमण भएको युवती सङग काठमाडौं बाट पोखरा एउटै जहाजमा अाएका युवामा काेराेनाकाे कुनै लक्षण नदेखिएकाे र उनलाई हाेम क्वारेन्टाइन मा राखिएको वडा अध्यक्ष अाचार्यले बताउनु भयाे । सत्य तथ्य नबुझी केही गलत समाचार प्रसारित गरेकाे उहाले बताउनु भयाे । कुनै अाधार विना समाचार प्रकासित गरेर अातङ फैलाएकाे उहाँ काे भनाइ छ ।

युवालाई चेकचाज गर्न कुस्मा लैजान अाईतवार दिनभर काेशिस गरेपनि सवारि साधन नभएकाले कठिनाई भएकाे उहाँले बताउनु भयाे । पालिकाकाे एम्बुलेन्स विग्रिएकाे छ अरू साधान पाईएन उहाँ ले भन्नू भयाे ।