कोरोना रोकथामका लागि अन्नपूर्ण गाउँपालिकामा ७० लाखको कोष स्थापना

विकल्प न्यूज/बेनी
चैत १५ गते । 

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न ७० लाख रुपैयाको कोष स्थापना गर्ने निर्णय गरेको छ । शनिबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा गाउँपालिका अध्यक्ष क्या डमबहादुर गर्बुजाको अध्यक्षतामा बसेको वैठकले उक्त रकम विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको हो ।

विश्व व्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्न पूर्व तयारीको लागि विपद व्यववस्थापन कोष स्थापना गरी सो कोषमा गाउँपालिकाबाट ७० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदीले जानकारी दिनुभयो ।

गाउँपालिकाले उक्त कोषमा संघसंस्था र व्यक्तिहरुलाई रकम जम्मा गर्न अपिल समेत गरेको छ ।
प्रभु वैंकमा गाउँपालिकाले खोलेको विपद व्यवस्थापन कोषको खाता नम्बर १८०००२०११०४१२६००००७ मा रकम जम्मा गर्न अनुरोध गरेको छ ।