ताजा समाचार:
Search

दोस्रो र पाँचौं संक्रमित एउटै विमानमा आएका थिए नेपाल

१५ चैत, काठमाडौं ।

नेपालमा कोरोना भाइरस संक्रमण भएको दोस्रो र पाँचौ व्यक्ति एकै विमानमा आएको पाइएको छ । उनीहरु दुबै जना चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएको कतार एयरवेजको विमान चढेर आएका हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कोरोना संक्रमित पाँचौ व्यक्ति बागलुङकी १९ वर्षकी किशोरी हुन् । उनी चैत ४ गते (१७ मार्च) को दिन कतार एयरवेजको क्यू आर ६५२ उडानबाट आएकी हुन् ।

त्यही विमानमा आएकी काठमाडौंकी १९ वर्षकी युवतीमा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयले चैत १० गते घोषणा गरेको थियो ।

फ्रान्सबाट कतारसम्म सँगै आएकी भियतनामी साथीमा कोरोना संक्रमण देखिएपछि उनी चैत ७ गते टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल पुगेकी थिइन् । १० गते उनको कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट आएको थियो । यो नेपालमा भेटिएको दोस्रो स्रंक्रमण थियो ।

त्यसै दिन सरकारले एक हप्ताका लागि लकडाउन घोषणा गरेको थियो । onlinekhabar