ताजा समाचार:
Search

कोरोना भाइरस नष्ट गर्न बेनी बजारमा क्लोरिन छरियो (भिडियो/तस्विर)

विकल्प न्यूज/बेनी
चैत १५ गते ।  https://www.youtube.com/watch?v=pUJFIhkw9to

विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरसको जोखिमलाई कम गर्न बेनीका सडकहरुमा क्लोरिन छरिएका छ । शनिबार विहान प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको नेतृत्वमा प्रहरी नायव उपरिक्षक,शसस्त्र प्रहरी र नेपाल प्रहरीहरुको संयुक्त टोलीले दमकलबाट क्लोरिन छरिएको हो ।

कोरोना भाइरसको प्रकोपलाई नियन्त्रण गर्ने अभियान अन्तर्गत बेनी बजारका सडकमा क्लोरिन मिसाइएको पानी छरिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो ।
विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस नियन्त्रण अभियान अन्तर्गत सडकहरुमा कोरोना संक्रमीत ब्यक्तिहरु आवत जावत गरेको हुनसक्ने भएकाले भाइरस लाई नै नष्ट गर्ने कीटनाशक औषधि छरिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो । टोलीले सार्वजनिक स्थल,बेनी अस्पताल लगायतका क्षेत्रहरुमा क्लोरिन छरेको छ ।

https://www.youtube.com/watch?v=pUJFIhkw9to