चैत १ गते देखि यता विदेशबाट अाएका सबैलाई क्वारेन्टाइनमा

विकल्प न्युज / बेनी

चैत १४ गते । 

म्याग्दीमा चैत १ गतेदेखि यता विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा राखिने भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले गठन गरेको कमाण्ड पोष्टको शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना) भाइरस रोकथामका लागि क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो ।