ताजा समाचार:
Search

कोरोनाभाइरसबारे गम्भीर तथ्य : एक संक्रमितले ५९ हजारजनालाई संक्रमण सार्न सक्ने

विकल्प न्यूज/बेनी
चैत १३ गते । युनिभर्सिटी कलेज लन्डनमा इन्टेन्सिभ केयर मेडिसिनका प्राध्यापक डा ह्यु मन्टगोमेरीले कोरोनाभाइरसबाट संक्रमित एक व्यक्तिले ५९ हजारजनालाई संक्रमण सार्न सक्ने बताएका छन् ।

बेलायती टीभी च्यानल ४ सँग कुरा गर्दै डा ह्युले एकजनाबाट हजारौंमा संक्रमण सर्न सक्ने भएकाले मानिसहरूलाई सामाजिक दूरी कायम गर्न अपील गरेका छन् ।

सामान्य रुघाखोकी लाग्दा एकजनाले औसतमा १.३ देखि १.४ जनालाई संक्रमित बनाउने डा ह्युको भनाइ छ । अर्को संक्रमित व्यक्तिले अन्यलाई संक्रमण सार्दा १० पटक संक्रमण चक्र चल्ने र कुल १४ संक्रमण हुने सम्भावना रहन्छ ।

तर कोरोनाभाइरस चाहिँ एक व्यक्तिबाट औसतमा तीन मानिसमा सर्छ । एकबाट तीनमा सर्दा यो १० तहमा अघि बढ्दै जान्छ र एकजनाले ५९ हजारलाई संक्रमित बनाउँछ । उदाहरणका लागि, एकबाट तीन, तीनबाट नौ, नौबाट २७, २७ बाट ८१, ८१ बाट २४३, २४३ बाट ७२९, ७२९ बाट २१ सय ८७, २१ सय ८७ बाट ६५ सय ६१, ६५ सय ६१ बाट १९ हजार ६८३ र १९ हजार ६८३ बाट ५९ हजार ४९ मानिसमा यो सर्न पुग्छ ।

ह्युले कोरोनाभाइरसका आँकडा खराब भए पनि यसलाई घटाएर देखाउन नहुने बताए । तर संक्रमित भएका मानिसमध्ये केही प्रतिशत मात्र बिरामी पर्ने र तीमध्ये केहीलाई मात्र आईसीयूमा राख्नुपर्ने हुन्छ । यद्यपि बिरामी नपरेकाहरू पनि संक्रमित भएर अन्य मानिसमा भाइरस सारिरहन्छन् । lokaantar.com/