म्याग्दी मिडिया सोसाइटीले वितरण ग¥यो स्यानीटाइजर

विकल्प न्यूज/बेनी
चैत १२ गते ।    म्याग्दी मिडिया सोसाइटीले जिल्लाका सञ्चारमाध्यमहरुलाई मंगलबार स्यानीटाइजर वितरण गरेको छ । बेनीमा कार्यालय सञ्चालन गरेका १० मिडिया हाउसलाई सेनिटाइजर वितरण गरेको हो ।

विश्व्वमा फैलिएको कोरोना भाइरसको जोखिमबाट जोगिन जिल्लामा रहेका १० वटा सञ्चारमाध्यमका कार्यालयमा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुले प्रयोग गर्ने गरी स्यानीटाइजर वितरण गरेको सोसाइटीका अध्यक्ष कमल खत्रीले बताउनुभयो । प्रत्येक कार्यालयलाई दुइवटा वोतल उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन सामाजिक उत्तरदायित्व अनुरुप स्यानीटाइजर वितरण गरिएको सोसाईटीका सचिव अमित विश्वकर्माले बताउनुभयो ।

रुप्से दैनिक,बेनी साप्ताहिक,रिखार दैनिक, नवविकल्प साप्ताहिक,समृद्ध साप्ताहिक, रेडियो म्याग्दी, म्याग्दीकाली एफएम,म्याग्दी संचार साप्ताहिक, म्याग्दी न्यूज डटकम र पुनहिल डटकमलाई स्यानीटाइजर वितरण गरेको सचिव विश्वकर्माले बताउनुभयो ।