ताजा समाचार:
Search

सहि सूचना प्रवाह गरौं

विकल्प न्यूज/बेनी
चैत ११ गते ।
विश्व यतिखेर कोरोना भाइरसको महामारी सँग लडिरहेको छ । कोरोना भाइरसको संक्रमणले १४ हजार भन्दा वढीको ज्यान गइसकेको छ । भने एकलाख भन्दा वढी संक्रमित भएका छन् । करिब एकलाख सक्रमितहरु भने उपचार पछि घर फर्किएका छन् । कोरोना भाइरसलाई विश्व समुदायले महामारीको संज्ञा दिएको छ ।

अहिले युरोप र अमेरिका यसबाट बढी प्रभावित भएका छन् । यरोपको इटाली सवै भन्दा वढी प्रभावित मुलुक बनेको छ । त्यस्तै कोरोना भाइरसको प्रकोप फैलिदो क्रममा छ । यस्तो विषम परिस्थितिको सामाना गर्न सहि सूचना प्रवाह हु्न आवश्यक छ । गलत र भ्रामक सूचना सम्प्रेषणले आम मानिसहरुमा डर,त्रास उत्पन्न हुनसक्छ जसले मानिसहरुको आत्मबललाई कमजोर बनाउनपुग्छ । न्यूज पोर्टल र सामाजिक सञ्जालहरुले आधिकारिक सामाग्रीहरु र समाजमा सचेतना फैलाउने सन्देश प्रवाहलाई प्राथमिकता दिनुपर्दछ ।

सूचना एक प्रकारको शक्ति नै हो । सहि सूचनाले मानिसहरुमा शक्ति प्रदान गर्दछ भने गलत सूचनाले कमजोर बनाउँछ । हाम्रो मुलुक अहिले सम्म एकजनालाई मात्र संक्रमण देखिएको छ । यसबाट त्रसित हुनुपर्ने अवस्था छैन । सजग र सावधानी भने अपनाउनुपर्दछ । सरकारले पुरै देशलाई लकडाउन गरेको अवस्थामा घर भित्रै वस्नु उचित हुन्छ । सञ्चारमाध्यमहरुले सकरात्मक र मनोवल उच्च बनाउने खालका समाचारहरु प्रशारित गर्न ध्यान दिनुपर्दछ । गलत सूचनाले मनोबैज्ञानिक असर पु¥याउछ यसतर्फ पनि हामी सचेत हुनुपर्दछ ।

गलत सूचना प्रवाहले मानिसहरुमा डर त्रास र भयको अवस्था सिर्जना गर्दछ । सामाजिक सञ्जाल र न्यूज पोर्टलहरुले सचेतनामुलक सामाग्रीहरु प्रशारित गर्नुपर्दछ ।

फेक अनलाइन र सामाजिक सञ्जालहरुबाट प्रवाह हुने गलत सामाग्रीहरुको विश्वास गर्नुहुँदैन । सत्य समाचार पढौं र सुनौं गलतका पछि लागेर आत्मबल कमजोर बनाउने काम नगरौं । अनावश्यक रुपमा गलत कुराहरुलाई सामाजिक सञ्जालमा पोष्ट र शेयर पनि नगरौं । सत्य र सकरात्मक कुराहरुलाई मात्र पोष्ट गरौं । जनचेतनामुलक सामाग्रीहरु मात्र सामाजिक सञ्जालमा पोष्ट गरौं । हल्ला र त्रासको पछि नलागौं । आधिकारिक समाचारहरुलाई मात्र विश्वास गरौं ।

कोरोना भाइरसबाट बच्न व्यक्तिगत सावधानी मूख्य आधार हो । त्यसैले यसलाई पूर्णरुपमा पालना गरौं । सरकारले जारी गरेका सूचना वा सन्देशलाई आधिकारिक मानौं । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सत्य समाचार मात्र प्रवाह गरौं । सञ्चारमाध्यमहरुले जनचेतनामुलक सामाग्रीहरु प्रकाशित र प्रशारित गरौं ।

समाचार सम्प्रेषणका नाममा कुनै पनि विषयको आधिकारिक पुष्टी नभएसम्म प्रशारण गर्न हतारो नगरौं । यो महामारीको विपत्तीमा जिम्मेवार भएर प्रस्तुत हौं । कोरोना भाइरस सँग लड्नलाई सरकारले अघि सारेको कार्यक्रमलाई प्रचारप्रसार गरौं । गलत अर्थ लगाउने काम नगरौं । सहि,सत्य र सकरात्मक विषयहरुलाई प्रचारप्रसार गर्न ध्यान दिउँ । सवैको हातेमालो र प्रयासबाट नै यो प्रकोपको जोखिमलाई न्युनिकरण गर्न सकिन्छ । गलत र भ्रामक सामाग्रीहरु प्रशारित नगरौं । यस्तो गर्नेलाई तत्काल पहिचान गरी सुरक्षा निकायमा खबर गरौं । (सम्पादकीय)