ताजा समाचार:
Search

म्याग्दीका सवै कार्यालयहरुबाट यथावत रुपमा सेवा प्रवाह

विकल्प न्यूज/बेनी
चैत ९ गते ।    

आइतवार म्याग्दीमा रहेका सरकारी तथा निजी संघसंस्थाका कार्यालयहरुले यथावत रुपमा सेवा प्रवाह गरेका छन् । सेवा लिन कार्यालयहरुमा सेवाग्राहीहरु पुगेका छन् । बैक तथा वित्तीय संस्थाहरुमा सेवाग्राहीहरुको भिड लागेको छ ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा वलिले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई न्यूनिकरण गर्न भन्दै सार्वजनिक सेवा प्रवाह बन्द गर्ने बताउनुभएको थियो ।
सदरमुकाम बेनी स्थित सरकारी कार्यालय,बैंक तथा वित्तिय संस्थाहरु तथा अन्य संघसंस्थाका कार्यालयहरु यथावत रुपमा खुल्ला गरी सेवा प्रवाह गरेका छन् ।
जिल्ला प्रशासनबाट राहाधानी तथा नागरिकता वितरण गरिएको छ । आजलाई सेवा प्रवाह नरोक्ने भन्ने कुरा छ सहायक प्रमुख जिल्ला अधिकारी माया कुँबरले भन्नुभयो, ‘सेवा लिन सेवाग्राहीहरु आएकाले सेवा प्रवाह गरेका छौं ।’ आजलाई कुनै पनि सेवा नरोकिएको उहाँले बताउनुभयो ।
अन्य दिन जस्तो सेवाग्राहीहरुको भिड नभएपनि नागरिकता र राहदानी लिनका लागि प्रशासनमा सर्वसाधरणहरु पुगेका छन् ।
यस्तै सरकारी तथा निजी वैंक तथा वित्तिय संस्थामा पनि सर्वसधारणहरुको भिड छ । वैंक तथा वित्तिय संस्थाहरुले सेवाग्राहीहरुलाई भिड नगर्न र सर्तकता अपनाउन अनुरोध गरेका छन् ।