लायन्सले वितरण ग¥यो घतान नेप्टेचौरमा मास्क र सावुन

विकल्प न्यूज/बेनी
चैत ९ गते ।   
कोरोना भाइरस संक्रमण (कोभिड–१९)को त्रास बढ्दै गइरहेको अवस्थामा लायन्स क्लव अफ बेनी पिस सिटीले शनिबार बेनी नगरपालिका–९, घतानमा भाइरसको संक्रमण विरुद्ध जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ। घतान स्वास्थ्य चौकी परिसरमा आयोजित कार्यक्रममा कोरोना भाइरसको बारेमा जानकारी, संक्रमणबाट जोगिन अपनाउनुपर्ने सावधानी लगायतका विषयमा लायन्स क्लवका चिप एडभाईजर चन्द्रकुमार केसीले समुदायलाई जानकारी दिनुभएको थियो । सोही अवसरमा वडा अध्यक्ष बेलबहादुर चोखालले लायन्स मार्फत गरिएको कार्यक्रमले भाइरसका बारेमा समुदायमा जानकारी प्रदान गर्न सहज भएको बताउनुभयो । कार्यक्रममा लायन्स क्लवका जोन चियरपर्सन लोकेश पुनमगर, लायन्स क्लव पिस सिटीका संस्थापक अध्यक्ष राजेश शाक्य लगायतको उपस्थिती रहेको थियो ।

सोही अवसरमा स्थानीयलाई ३ सय माक्स र ४ सय ५० थान सावुन वितरण गरेको छ ।
साम्रागी वितरणमा स्थानीय यूवा चक्र केसी र सविस चोखालले सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष नरेश श्रेष्ठ र सञ्चालन सचिव प्रविण खत्रीले गर्नुभएको थियो । क्लवले म्याग्दीमा कोरोना भाइरसको संक्रमण देखिएमा आवश्यक निशुल्क सहयोगको घोषण समेत गरेको छ ।