दैनिक उपभोग्य वस्तुहरुको पर्याप्त स्टक छ, आत्तिनु पर्दैन ः प्रजिअ ढकाल (भिडियो)

विकल्प न्यूज/बेनी
चैत ८ गते ।  म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले विश्वभरी रुपमा फैलिएको कोरोना भाइरस सँग जुद्ध्न सजगता अपनाउनुका साथै सर्तक हुन म्याग्दीवासीहरुलाई अपिल गर्नुभएको छ । त्रसित हुनुपर्ने अवस्था छैन तर सर्तकता अपनाउनुका साथै सजग हुनुपर्दछ उहाँले भन्नुभयो ।

दैनिक उपभोग्य वस्तुहरुको पर्याप्त स्टक भएकाले नआत्तिन अनुरोध गर्नुभएको छ । ग्यास,डिजिल,पेट्रोल र दैनिक उपभोग्य वस्तुहरुको पर्याप्त स्टक भएकाले आत्तिनु पर्ने अवस्था नरहेको प्रजिअ ढकालले बताउनुभयो ।
हेर्नुहोस भिडियो