ताजा समाचार:
Search

दग्नाम जिप दुर्घटनामा ९ घाइते दुई गम्भिर घाइतेलाई हेलीकप्टर मार्फत पोखरा पठाइयो

विकल्प न्यूज/बेनी
चैत ७ गते ।  शुक्रबार विहान रघुगंगा गाउँपालिका ४ दग्नामबाट बेनी आउँदै गरेको ग २ च ५९८८ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । बेनी आउँदै गरेको जिप दग्नामको कान्छी गाउँमा विहान साढेसात बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा सुक माया गर्बुजा,भदेवी गर्बुजा,हमाया पुन , मिन्जा पुन, युवि गर्बुजा, मन बहादुर तिलिजा , बर्षा शेरपुन्जा, तामिना शेरपुन्जा र असिम गर्बुजा घाइते भएका छन् । दुईजना गम्भिर घाइते मिन्जा पुन र भदेवी गर्बुजालाई उपचारका लागि हेलीकप्टर मार्फत पोखरा मनिपाल अस्पतालमा पु¥याइएको छ ।
अन्य घाइतेहरुको बेनीमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।दुर्घटना भएलगत्तै स्थानीयवासी र प्रहरीको टोलीले उद्धार गरी घाइतेहरुलाई बेनी अस्पतालमा ल्याइएको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।