ताजा समाचार:
Search

दग्नाममा जिप दुर्घटना

विकल्प न्यूज/बेनी
चैत ७ गते ।
रघुगंगा गाउँपालिका ४ दग्नामबाट बेनी आउँदै गरेको जिप दुर्घटनामा परेको छ । शुक्रबार विहान साढे सातबजे दग्नाम देखि यात्रु लिएर आएको ग २ च ५९८८ नम्बरको जिप दग्नामको कान्छी गाउँमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा ४ जना घाइते भएका छन् । घाइतेहरुको उद्धार गरी अहिले बेनी अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुई जना गम्भिर घाईतेलाई हेलिकप्टर मार्फत उपचारका लागि पोखरा पठाईएको छ । चालक भने सकुशल रहेको बताइएको छ । के कति कारणले दुर्घटना भयो भन्ने खुल्न सकेको छैन ।