ताजा समाचार:
Search

घुस रकम फिर्ता गरे पनि शिक्षाका २ कर्मचारी विरुद्ध मुद्दा

विकल्प न्यूज/बेनी
चैत ४ गते । विद्यालय भवन निर्माणको क्रममा घुस खाएका शिक्षाका २ जना कर्मचारीले उक्त रकम फिर्ता गरे पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । शिक्षा विकास तथा समन्वय इकाई बेनी म्याग्दीमा कार्यरत इञ्जिनियर श्रीकृष्ण खनाल र सव–ईञ्जिनियर प्रमोदकुमार उप्रेतीले घुस लिएको अख्तियारको दावी छ ।

म्याग्दी जिल्ला धवलागिरी गाउँपालिका–३ स्थित श्री सुर्य ज्योति आधारभूत विद्यालयमा भवन निर्माणको क्रममा तत्कालिन जिल्ला शिक्षा कार्यालयबाट भएको र्का सम्पादनमा उनीहरुले घुस खाएको उजुरी परेको थियो ।

अनुचित तरिकाले पैसा असुली गरेको उजुरी माथि अनुसन्धान हुँदा उनीहरुले विभिन्न वहानामा पटक पटक गरी ७० हजार रुपैंया घुस खाएको पुष्टि भएको अख्तियारको दावी छ । कारवाहीबाट बञ्च्न लिइसकेको रकम फिर्ता गरे पनि अख्तियारले चार देखि छ महिनासम्मको कैद माग गरी मुद्दा दायर गरेको जनाएको छ । edukhabar.com