शिक्षक छोटेलालको शैक्षिक प्रमाणपत्र नक्कली भएको खुलासा

विकल्प न्यूज/बेनी
चैत ३ गते । 

म्याग्दीको धौलागिरि गाउँपालिका ६ मराङको राम्चे आधारभूत विद्यालयमा कार्यरत शिक्षक छोटेलाल ठाकुरको शैक्षिक प्रमाणपत्र नक्कली भएको खुलासा भएको छ ।
नक्कली शैक्षिक प्रमाणपत्र पेश गेर जागिर खाएको आरोपमा विशेष अदालतमा अख्तियारले मुद्धा दायर गरेको हो ।

तत्कालिन समयमा उक्त विद्यालयमा कार्यरत शिक्षक ठाकुरले एकवर्ष अगाडि गोल्डेन हेन्सचेक बुझेर शिक्षण पेशाबाट बाहिरिएका थिए । नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको भन्दै उनी विरुद्ध अख्तियारमा मुद्धा परेको हो । अस्थायी दरबन्दीमा विद्यालयले उनलाई शिक्षक पदमा नियुक्त गरेको थियो ।

उनी विरुद्ध परेको उजुरीको अनुसन्धानमा भारतस्थित मोतिउर्रहमान संस्कृत प्राथमिक सह(माध्यमिक विद्यालयबाट मध्यमा तह पास गरेको नक्कली प्रमाणपत्र पेश गरी अस्थायी प्रावि शिक्षक पदमा नियुक्ति लिएका थिए ।
उनविरुद्ध नक्कली प्रमाणपत्र पेस गरेर राष्ट्रसेवकको ओहदामा रही सरकारी लाभ तथा सुविधासमेत आर्जन गरेकाले मुद्दा हालिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

शिक्षक ठाकुरविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम सजायको मागसहित विशेष अदालत, आरोपपत्र दायर गरिएको छ ।