अन्नपूर्णको खिबाङमा चट्याङ लागेर दुईको मृत्यु

विकल्प न्यूज/बेनी
चैत २ गते ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ खिबाङको कुटुकामा शनिबार राती चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ ।
राती ९ बजे चट्याङ लागेर घाइते भएका २६ वर्षीय रविन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजाको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चट्याङ लागेर गम्भिर घाईते भएका उनीहरुलाई शनिबार राती नै बेनी अस्पतालमा उपचारका लागि ल्याइएको थियो । उपचारका क्रममा उनीहरु मृत्यु भएको प्रहरीले जनाएको छ ।