करोडकी दानवीर निरलाको निधनले क्याम्पस स्तब्ध

फागुन १६ गते २०७६

जोमसोम– मुस्ताङमा एक मात्र क्याम्पस छ ,त्यो हो सदरमुकाम जोमसोममा अवस्थित तेजनिरला जनहित बहुमुखी क्याम्पस । जिल्लाका धेरै गरिव र विपन्न जनताका छोराछोरीलाई उच्चशिक्षाका लागि भोग्दै आएको आर्थिक समस्य र दुःखलाई सम्वोधन गर्दै मुस्ताङी एक बृद्ध बुढी आमाले एक करोड बढी क्याम्पस स्थापनाका लागि दान गरिन् । उनकै सहयोगले अहिले जिल्लामा ब्याचलर सम्मको पढाई संञ्चालन भईरहेको छ ।

क्याम्ससले उक्त पैसा अक्षयकोष स्थापन गरेर शिक्षकलाई तलब भत्ताको जोहो गरेको छ । मुस्ताङी छोरी निरला कुमारीको पुख्यौली थलो थाकखोला टुकुचे हो । उ समय उनको परिवार पोखरा बस्दै आईरहेका थिए ।वि.स. १९९० सालमा जन्मिएकी करोडकी दानबीर निरलाको गत गत मंगलबार ८६ बर्षको उमेरमा असामयिक निधन भएको हो ।

दानवीर निरलाको निधनले मुस्ताङमा क्याम्पस परिवार स्तब्ध भएको छ । क्याम्पस प्रमुख कर्ण थकालीले निरला कुमारी बृद्ध आमाले क्याम्पसको शैक्षिक विकासमा गुन लगाएको बताए । उनले निरलाकै सहयोगले मुस्ताङमा क्याम्पस संञ्चालन भएको बताए ।

करोडकी दानबीर निरलाको आउदो सोमबार सातौ पुण्यतिथि हुने भएको छ । यसका क्रममा क्याम्पसले हार्दिक समवेदना र मृतआत्माको चिरशान्तीको कामना गरेको छ ।