ताजा समाचार:
Search

सचिवालयको निर्णय प्रधानमन्त्रीले मान्नैपर्छ : प्रचण्ड

१६ फागुन, चितवन ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बामदेव गौतमलाई राष्ट्रियसभामा मामोनित गर्ने निर्णय प्रधानमन्त्रीले मान्ने विश्वास व्यक्त गरेका छन् ।

गौतमबारे सचिवालयले सर्वसम्मत निर्णय गरेको भन्दै उनले भने, प्रधानमन्त्रीजीले मान्नैपर्छ, उहाँले मान्नुहुन्छ । तपाईहरुले एक दुई दिनमा थाहा पाइहाल्नुहुन्छ ।’

उनले अघि भने, ‘उहाँ र मेरो संयुक्त अध्यक्षतामा बसेको सचिवालय बैठकले सर्वसम्मत गरेको निर्णयलाई उहाँले अवज्ञा गर्नुहुन्छ भन्ने म कल्पना पनि गर्न सक्दिनँ । त्यसैले गर्नु भएन भने के भन्नेतिर म अहिले जान चाहन्नँ ।’

तर प्रधानमन्त्रीले त अर्थमन्त्री डा. युवराज खतिवडालाई दोहोर्‍याउन चाहनु भएको छ नि भन्ने प्रश्नमा प्रचण्डले भने, ‘अर्थमन्त्री हुनका लागि राष्ट्रियसभामा जानैपर्छ भन्ने पनि छैन । हाम्रो अहिलेको संवैधानिक व्यवस्थाअनुसार ६ महिनाका लागि राष्ट्रियसभामा नगएपनि मन्त्री बनाउने अधिकार प्रधानमन्त्रीलाई छ ।’

डिनर बैठक प्रमाणित गर

१० फागुनमा बसेको नेकपा सचिवालय बैठकले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रियसभा सदस्यमा गौतमलाई पठाउने निर्णय गर्‍यो । तर त्यसको केही घन्टा वित्न नपाउँदै प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटार बोलाएर निर्णय कार्यान्वयन गर्न नसक्ने बताए ।

आफूले अर्थमन्त्री डा. युवराज खतिवडालाई नै निरन्तरता दिन चाहेको तर व्यापारीहरुले प्रचण्ड, गौतम लगायतको डिनर मिटिङ गरेर गौतमलाई अघि सारेको सूचना पाएको ओलीको दाबी थियो ।

तर प्रचण्डले यो नियोजित र भ्रमक प्रचार भएको बताए । उनले भने, ‘त्यस्तो कुनै बैठक भएको छैन । डिनर बैटक गरेको प्रमाणित गरे बधाई भन्ने छु ।’online khabar