मगर दिवसमा बेनी अस्पतालका बिरामीलाई फलफुल वितरण

विकल्प न्यूज/ बेनी
फागुन १५ गते ।

मगर समुदायको छाता संगठन नेपाल मगर संघको ३८ औं एकता एवम् स्थापना दिवसको अवसरमा बेनी अस्पतालका विरामीलाई फलफुल वितरण गरिएको छ । नेपाल मगर संघ ,जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा विहिबार बेनी अस्पतालमा उपचारत १५ जना विरामीलाई फलफुल वितरण गरिएको सचिव खम थापा मगरले जानकारी दिनुभयो ।

मगर संघ ,म्याग्दीकी अध्यक्ष डक माया पाइजा मगरले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादु कटुवालको उपस्थितीमा सो फलफुल वितरण गर्नुभएको हो । अध्यक्ष डकमाया पाइजाले विगतमा ¥याली सहित मगर दिवस मनाइए पनि यो बर्ष भने अस्पतालमा उपचाररत विरामीको स्वास्थ्य लाभको कामना गर्दै फलफुल वितरण गरिएको बताउनुभयो ।

कार्यक्रमा नेपाल मगर संघ म्याग्दीका उपाध्यक्ष लोकेश पुन मगर,कोषाध्यक्ष विष्णु रोका ,नेपाल राष्ट्रिय मगर संघ म्याग्दीका अध्यक्ष हिराबहादुर पुन , नेपाल मगर विद्यार्थी संघकी केन्द्रीय सदस्य रश्मी रोका मगर ,नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेश सचिव समिर रोका मगर ,मगर विद्यार्थी संघ ,म्याग्दीका अध्यक्ष विजय घर्ति मगर लगायत विभिन्न मुल इकाई समितिका अध्यक्षको उपस्थिती रहेको थियो । यही अवसरमा स्वदेश तथा विदेशमा रहेको मगर समुदायले विविध कार्यक्रम गरी मगर दिवस मनाउँदैछन् ।