नेकपा गण्डकी प्रदेशको १३ सदस्यीय सचिवालय गठन

विकल्प न्यूज/बेनी
फागुन १४ गते ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटिको तेस्रो पुर्ण वैठकले सचिवालय गठन गरेको छ । पोखरामा बुधबार सम्पन्न बैठकले गण्डकी प्रदेश कमिटिका अध्यक्ष हितराज पाण्डेको संयोजकत्वमा १३ सदस्यीय सचिवालय गठन गरेको हो ।
कमिटिमा प्रदेश कमिटि सचिब गोविन्द नेपाली र ११ जिल्लाका जिल्ला अध्यक्षहरु रहेका छन् ।

पार्टीको मंगलवार र बुधवार बसेको वैठकले पार्टीका गतिविधिहरुलाई प्रदेशस्तरमा व्यापक रुपमा लैजाने निर्णय गरेको सचिव नेपालीले जानकारी दिनुभयो । यहि फागुन २१ र २२ गते सबै जिल्लाका कमिटीहरुको वैठक राख्ने निर्णय समेत भएको छ ।