ताजा समाचार:
Search

दिदी बहिनी कपमा सरस्वती सर्वाेत्कृष्ट

विकल्प न्यूज/बेनी
फागुन १० गते । 

विभागीय नेपाल एपिएफ क्लबकी ओपन स्पाइकर सरस्वती चौधरी चौथो संस्करणको दिदी बहिनी कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छन् ।

उनले एपिएफलाई शनिबार दिदी बहिनी कपको उपाधि दिलाउन महत्वपुर्ण भुमिका निभाएकी थिइन् । सर्वाेत्कृष्ट खेलाडी बनेसँगै सरस्वतीले १० हजार रुपैया प्राप्त गरेकी छिन् । व्यक्तिगत विधातर्फ एपिएफकी निरुता ठगुन्ना उत्कृष्ट स्पाइकर चुनिइन् ।

पुलिसकी कमाला पुन उत्कृष्ट सेटर र पुलिसकै कोपिला राना उत्कृष्ट ब्लकर घोषित भइन् । डायमन्डकी पनामिका राई उत्कृष्ट सर्भर तथा डायमन्डकै सलिना श्रेष्ठ उत्कृष्ट लिवेरो चुनिइन् । एपिएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक चुनिए । व्यक्तिगत विधाका सबै विजेताले जनही ५ हजार रुपैया हात पारे ।

शनिबार एपिएफले पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको थियो । शनिबारै होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको थियो । च्याम्पियन एपिएफले २ लाख रुपैया प्राप्त ग¥यो । दोस्रो भएको पुलिसले १ लाख तथा तेस्रो भएको डायमन्डले ५० हजार रुपैया हात पार्‍यो ।

गत बुधबार देखि पर्वत बेनीमा शुरु भएको प्रतियोगितामा ५ टोलीले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।

सर्वाेत्कृष्ट खेलाडी

सरस्वती चौधरी (एपिएफ)

उत्कृष्ट खेलाडी

सर्भर – पनामिका राई (डायमन्ड)

सेटर – कमला पुन (पुलिस)

ब्लकर – कोपिला राना (पुलिस)

लिबेरो – सलिना श्रेष्ठ (डायमन्ड)

स्पाइकर – निरुता ठगुन्ना (एपिएफ)

प्रशिक्षक – महेश चौधरी (एपिएफ)

hamrokhelkud