ताजा समाचार:
Search

शनिबार एपीएफ र पुलिसबीचको फाइनल खेल हुने

विकल्प न्यूज/बेनी
फागुन ९ गते ।चौंथो संस्करणको दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनल खेल शनिबार विहान हुने भएको छ । शुक्रबार हुने भनिएको फाइनल खेल वर्षाका कारण स्थगित हुनपुगेको आयोजकले जानकारी दिनएका छन् । पर्वतको जलजलामा आयोजित दिदिबहिनी महोत्सवका अवसरमा आयोजना गरिएको सर्वाधिक पुरस्कार राशीको महिला भलिबलको फाइनलमा एपीएफ र नेपाल पुलिस क्लब पुगेका छन् ।

फाइनल खेलसँगै न्यु डाईमण्ड स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लबबीच तय भएको तेस्रो स्थानको खेल पनि स्थगित भएको आयोजक रेडियो दिदिबहिनीले जनाएको छ ।

साविकको विजेता समेत एपीएफ न्यु डाईमण्डलाई हराएर फाइनल पुगेको हो । यस्तै पुलिसले आर्मीको चुनौती पन्छाएर एपीएफसँगको भेट पक्का गरेको हो ।

प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख, तेस्रोले ५० हजार पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।